नेकपा गढवाले पूर्णता पायो

मुख्य खबर समाज

गढवा, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवा गाउँपालिकाको कमिटीले वडा तहसम्मको पार्टी विस्तार कार्यले आइतबारदेखि पूर्णता पाएको छ ।
पार्टीले आइतबार एक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिकाका आठवटै वडाहरुका अध्यक्ष र सचिवको पद तथा गोपनीयताको सपथ ग्रहणसँगै बधाई तथा शुभकामना सम्पन्न गरेको पार्टीका गढवा गाउँपालिका अध्यक्ष कालिराम चौधरीले जानकारी दिए ।
जस अनुसार वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी र सचिव ललित कुमाल, वडा नं. २ मा अध्यक्ष सुगेन्द्रराज चौधरी र सचिव बसन्ती चौधरी, वडा नं. ३ मा अध्यक्ष तिलक घिमिरे र सचिव बाबुराम थारु कुमाल, वडा नं. ४ मा अध्यक्ष अतिउल्लाह मनिहार र सचिवमा प्रदिप पौडेल तथा वडा नं. ५ मा अध्यक्ष लालमणि चौधरी र सचिव प्रेम चौधरी रहेका छन् ।
यसैगरी गढवा गाउँपालिकाको केन्द्रबिन्दु गढवा–६ मा अध्यक्ष वीरबहादुर आलेमगर र सचिव दामोदर ढुंगाना, वडा नं. ७ मा अध्यक्ष अशोक चौधरी र सचिव गणेशराम चौधरी तथा वडा नं. ८ कोइलावासमा अध्यक्ष खालिक सिद्दिकी र सचिवमा चन्द्र विक रहेका छन् ।
नेकपा गढवामा पूर्व एमालेबाट चार र पूर्व माओवादी केन्द्रबाट चार अध्यक्षहरुको नाम गाउँपालिकाको कार्यदलले छनोट गरी सचिवालय बैठकबाट अनुमोदन गरेको सचिव यमनारायण पोखे्रल विश्वासले जानकारी दिए । असारको पहिलो साताभित्रै वडास्तरमा भेला आयोजना गरी वडा कमिटीलाई पूर्णता दिने पार्टीले जनाएको छ ।
पार्टीका गाउँपालिका अध्यक्ष कालिराम चौधरीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यमा भएको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रममा केन्द्रीय सदस्य नारायणी शर्मा,
प्रदेश नं. ५ का सांसद सरस्वती गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का, जिल्ला सचिव सुवास पुन, जिल्ला सदस्यहरु वीरबहादुर केसी, रामप्रसाद गैरे, वीरेन्द्र चौधरी,
पार्टीका नेता भगवतीप्रसाद चौधरी र लमही नगरका सचिव विक्रान्तलगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टीका गाउँपालिका कार्यदलका सदस्य शिवराज पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव यमनारायण पोखे्रलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *