नेकपामा विभाग गठन

मुख्य खबर राजनीति

घोराही, ११ साउन । नेकपा दाङले सचिवालय गठन गरेको छ । नेकपाको पहिलो जिल्ला बैठकले सचिवालय, विभाग र स्थानीय तहका इञ्चार्ज सह–इञ्चार्च गठन गरेको हो ।
सचिवालयसँगै १७ वटा विभाग र आठ स्थानीय तहमा इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी बैठकले तोकेको छ । दुई महिना अगाडि सपथ लिएको समयपछि बसेको बैठकले तीनवटा निर्णय गरेको हो ।
बैठकले टीकाराम खड्का, सुवास पुन, हिराचन्द्र केसी, हुकुम बस्नेत, सुरामणि बेल्वासे, पुनम सेर्पाइली र अजयदिप शर्मा रहेको सचिवालय गठन गरेको छ । यस्तै विभिन्न विभाग गठन पनि गरेको छ ।
जस अनुसार संगठन विभागको प्रमुखमा कृष्णप्रसाद भुसाल, सहसंयोजकमा प्रमोद शर्मा, स्कुल विभागमा अजयदिप शर्मा संयोजक, मनोहर बुढाथोकी सहसंयोजक, प्रचार विभागको संयोजकमा शरद अधिकारी र डिल्लीराज खड्कालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।
त्यसैगरी आर्थिक विभागको संयोजकमा विश्वराज आचार्य, सहसंयोजकमा गेहेन्द्र बस्नेत, स्थानीय विभागमा हुकुम बस्नेत संयोजक, बसन्त चौधरीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
यस्तै निर्वाचन विभागमा मानबहादुर रावत संयोजक र प्रमिता चौधरीलाई सहसंयोजक तोकिएको छ । शिक्षा विभागमा अरुण शर्मालाई संयोजक र शेरबहादुर खड्कालाई सहसंयोजक, स्वास्थ्यमा खिमबहादुर चौधरी संयोजक, कमानसिंह पुन सहसंयोजक तोकिएको छ । कृषि तथा भूमिमा प्रेमबहादुर थापा संयोजक र ओमप्रकाश सुवेदीलाई सहसंयोजक तोकिएको छ ।
सहकारी विभागमा सुशीला शर्मा संयोजक र हुमा डिसीलाई सहसंयोजक तोकिएको छ । यस्तै वन तथा वातावरण विभागको संयोजकमा अमरबहादुर वली र सहसंयोजक चित्रबहादुर खड्कालाई सहसंयोजक तोकिएको छ ।
कानून विभागमा मनोहर बुढाथोकीलाई संयोजक तोकिएको छ । युवा तथा खेलकुद संयोजकमा सरोज पन्त र सहसंयोजकमा कैलाश रोकालाई दिइएको छ । उर्जा तथा जलस्रोत विभाग प्रमुखमा खर्के सुनार संयोजक र मेघराज भुसाललाई सहसंयोजक,
खानेपानी विभागमा भूपबहादुर केसी संयोजक र दिनेश श्रेष्ठ सहसंयोजक तोकिएका छन् । उद्योग तथा ब्यापार संयोजकमा गेहेन्द्र बस्नेत र यज्ञबहादुर केसी सहसंयोजक र प्रशासन विभाग संयोजकमा प्रविण शर्मालाई जिम्मेवारी दिइएको छ ।
यस्तै नेकपा दाङले घोराही र तुलसीपुर बाहेक ८ स्थानीय तहमा इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी तोकेको छ । लमही नगरपालिकामा अमर कँवर इञ्चार्ज र नारायण छम्पाली सह–इञ्चार्ज, राप्तीमा किरण भण्डारी इञ्चार्ज र चित्रबहादुर थापा सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै गढवाको इञ्चार्जमा यमनारायण पोखरेल र सीता चौधरी सह–इञ्चार्ज, राजपुरमा शिल्पा चौधरी इञ्चार्ज र रामप्रसाद यादव सह–इञ्चार्जको जिम्मेवारी दिएको विभागले जनाएको छ ।
बंगलाचुलीमा हेमराज पुन इञ्चार्ज र चुडामणि नेपालीलाई सह–इञ्चार्ज तोकिएको छ । दंगीशरणमा मणिराम चौधरी इञ्चार्ज एमएन शाह सह–इञ्चार्ज बनेका छन् । त्यस्तै शान्तिनगरमा नेबहादुर रोका इञ्चार्ज र धमकली चौधरी सह–इञ्चार्ज र बबईमा डिलबहादुर पुन इञ्चार्ज र सर्वजित विकलाई सह–इञ्चार्ज तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *