- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरनेकपाभित्र वैचारिक विमती

नेकपाभित्र वैचारिक विमती

- Advertisement -spot_img

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

धेरैलाई जिम्मेवारी दिदा सशक्त

जीवन गौतम
इञ्चार्ज
नेकपा दाङ

दूई ठूला कम्युनिष्ट पार्टीमा नेताहरुको पनि ठूलो संख्या छ तर हामी नीति र विधिअनुसार कमिटीका संख्या तोकेका छौँ । दुबै दलका नेतालाई समेटेर जाने बेलामा कहि कतै असन्तुष्टि देखियो होला । एउटै पार्टी हुँदा पनि त असन्तुष्टि थियो ।
दुई ठूला पार्टीहरु एक भएर आउँदाखेरी झन नहुने कुरा भएन् । अहिले जिम्मेवारी घट्यो, चाहे पूर्व एमालेको कुरा गर्नुस्, चाहे पूर्व माओवादीका नेताको कुरा गर्नुस् । हिजो जिम्मेवारी पाएका नेताहरुको आज जिम्मेवारी घट्दाखेरी असन्तुष्ट हुनु स्वभाविक हो । केहि नेतामा देखिएका असन्तुष्टिलाई जतिसक्यो सम्बोधन गर्ने प्रयास गरेका छौँ ।
अर्को कुरा त्यसलाई समाधान गर्नका लागि पार्टी नेतृत्व सचेत छ कि छैन् भन्ने ठूलो कुरा हो । एउटा कुरा भन्छु नेकपामा देखिएका सानातिना असन्तुष्टिले सिङ्गो दाङको कम्युनिष्ट आन्दोलनलाई प्रभावित बनाउने भन्ने छैन् । अर्को कुरा नेतृत्व पंक्ति सचेत छ ।
अहिले पनि प्रदेशदेखि लिएर जिल्ला नेतृत्वमा पनि जिम्मेवारी दिन बाँकी छ । जिम्मेवारी बाँडफाँडसँगै पार्टी सदस्यताको कुरालाई गाउँतहसम्म पु¥याउने योजनासहित लागेका छौँ । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन गछौँ ।
संविधानले भनेको समाजवादको आधार निर्माण गर्ने, पुँजीवादी विकासवादको कार्यभार पूरा गर्दै जाँदा समाजवादको आधार निर्माण भएको क्रममा नेपालका कम्युनिष्ट नै एकतावद्ध हुनु जरुरी छ । विगतका के भयो भने कम्युनिष्ट एकआपसमा लड्ने र तेस्रो पक्षले फाइदा लिने भएको थियो तर अहिलेको अवस्थामा त्यो हुने कुरा आउँदैन् ।
नेपालमा दुई ठूला पार्टी एकीकरण भइसकेको अवस्थामा अहिले फुट र गुटको समस्या हुँदैन् । इञ्र्चाजको टिम जम्बो भयो भन्ने गुनासो छैन्, खै मलाई त केहि त्यस्तो कुरा भनेको छैनन् ।
नेतृत्वमा धेरै जनालाई जिम्मेवारी दिँदा झनै हामीहरु शक्तिशाली भएका छौँ । किनभने सबैलाई जिम्मेवारी आइसकेपछि नेकपाले संगठन विस्तारलगायतका कुरालाई कसरी बलियो बनाउने भन्नेतर्फ लागेको छ । इञ्चार्ज र सहइञ्चार्ज गरेर अहिले १० जना छौँ । यसमा खासै कुरा उठाइरहनुपर्ने प्रसंग देख्दिन् ।
हामीसँग भएका केन्द्रीय सदस्यहरुलाई पार्टीले कार्य विभाजन गर्ने समयमा विभिन्न जिम्मेवारी दिएको छ । यसले पनि दङ्गाली कम्युनिष्ट आन्दोलन झनै सशक्त बन्छ भन्ने लाग्छ । सबैले काम गर्ने ठाउँ दाङ हो ।
कोहि इञ्चार्ज कोहि सहइञ्चार्जको रुपमा होला आखिर जसले जे गरेपनि हामीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो । जनताका आधारभूत आवश्यकतालाई क्रमशः सम्बोधन गर्दै जाने हो । हामीसँग भएका १० जना केन्द्रीय सदस्य नै इञ्चार्ज र सहइञ्चार्ज हुनुहुन्छ । यसले मलाई के लाग्छ भने झन् निकै सकारात्मक भूमिका खेल्दछ ।

असन्तुष्टको आवाज सम्बोधन

टिकाराम खड्का
अध्यक्ष
नेकपा दाङ

देशका दुई ठूला पार्टी एकीकरण भएपछि जनतामा देखिएको आशालाई पूरा गर्न नेकपाले केन्द्र तहदेखि गाउँतहसम्म एकीकरणको कामलाई तिब्रता दिएको छ । हामीहरु केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्मको नेतृत्वको जिम्मेवारी मिलाईसकेका छौँ ।
अबको केहि दिनमै वडास्तरको नेतृत्व चयन प्रक्रियामा जाँदैछौँ । जिल्लास्तरको नेतृत्व चयन भइसकेपछि अहिले पार्टीको प्रथम बैठक पनि भैसकेको छ ।
दाङलाई विशेषगरी दश भूगोलका रुपमा विभाजन गरेको हुनाले दशवटै स्थानीय तहमा पनि विधि र नीति अनुरुप नेतृत्व छनौट गरिसकेका छौँ ।
जिल्लामा दुई पार्टीको एकीकरणपछि १५५ सदस्यीय कार्यसमिति बनेको छ । नेतृत्व विभाजनको क्रममा केहि सानातिना असन्तुष्टिका स्वरहरु निस्कनु स्वभाविक हो । जिल्लामा अहिले खासगरी सात कार्यालय समिति, ५३ सदस्यीय सचिवालय, दश इञ्चार्ज, १७ वटा विभागिय संगठन निर्माण गरेका छौँ ।
त्यस्तै उपमहानगरमा इञ्चार्ज, सहइञ्चार्ज, जनवर्गीय संगठन विस्तार, कार्यालय सचिवलगायतका कामहरु पनि लगभग सकिएको छ । हामीले अब नेतृत्व छनौटको क्रममा इञ्चार्ज र सहइञ्चार्ज छनौटमा किन धेरै भयो ? भन्ने गुनासाहरु पनि आएका छन् ।
तर हामीले यसलाई पार्टीलाई चलायमान बनाउन यसले मद्दत पुग्ने छ । किनभने हामीले धेरैजनालाई जिम्मेवारी दिइसकेपछि उहाँहरु सबैले आ–आफ्नो ठाउँबाट खेलेको भूमिका निकै महत्वपूर्ण हुनेछ । पार्टी सदस्य एकीकृत गर्नलाई हामीले साउन महिनाभरी छुट्याएका छौँ ।
अहिले बाँकी रहेका वडास्तरको समिति यसै महिनाभित्र सकेपछि भदौ महिनाको पहिलो सातादेखि वैचारिक ढंगले अघि बढ्नेछौँ । तल्लो तहसम्म नेतृत्व छनौट गरिसकेपछि मंसिरमा आउँदै गरेको उपनिर्वाचनको लागि पनि विभिन्न प्रशिक्षण भेला गर्ने योजनाका साथ नेकपा दाङले आफ्ना गतिविधि अघि बढाएको छ ।
पार्टीमा देखिएका केहि असन्तुष्टि परिवारभित्रको कुरा हो । मनमा लागेको कुराहरु चित्त नबुझेको कुराहरु छलफलको माध्यमबाट समाधान खोज्ने प्रयास गरेका छौँ । हामीले त्यसलाई अन्यथा लिदैनौँ । दुई ठूला पार्टीको एकीकरण हुनु नै नेपाली जनताका लागि राम्रो कुरा हो ।
अब यसलाई गतिशील बनाउन, राष्ट्रलाई चाहिएको समृद्धिमा लैजान नेकपाले ठूलो भूमिका खेल्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ र त्यो अवश्य पुरा हुनेछ । सरकारको नेतृत्व गरिरहेको नेकपाले जनताका सानाभन्दा साना समस्यालाई पनि समाधान गर्ने प्रयास गरेको छ ।
अब जिल्लामा नेतृत्व छनौटमा हामीले निकै छलफल र बहस गरेका थियौँ । लामो छलफल र बहसपछिमात्रै जिल्ला तहको नेतृत्व छनौट भएको हो । त्यसैले पनि सकेसम्म धेरैलाई सन्तुष्ट बनाउने प्रयास भएको छ ।
अहिले नेकपाको नीति के छ भने अहिलेको नेतृत्व करिब ६ महिनासम्म मात्रै रहने हो । नेकपाले ६ महिनापछि महाधिवेशन गरेर नेतृत्व छनौट गर्ने नीति लिएको छ । हामीले अहिलेको नेतृत्वलाई थप चलायमान बनाउनुपर्ने देखेका छौँ ।
पार्टीले लिएको नीति र विधिमा टेकेर काम गरिरहेका छौँ । त्यसैले पनि असन्तुष्टका स्वरहरु छैनन् भन्ने लाग्छ । केहि पक्ष असन्तुष्ट देखिए पनि हामीले उहाँहरुसँग छलफल र बहस गरिसकेका छौँ ।
परिवारमा देखिएको समस्या परिवारभित्रै समाधान खोज्ने प्रयास स्वरुप हामीले छलफलका माध्यमबाट समाधान गरेका छौँ । म त अझैपनि भन्छु असन्तुष्ट आवाजलाई सम्बोधन गर्न तयार छु । तपाईका सकारात्मक आलोचनालाई आत्मसात गर्न तयार छु । भोलि देश र जनतालाई फाइदा हुने काम हामी कसैले पनि रोक्न मिल्दैन् ।

विधि अनुसारकै नेतृत्व

शान्ता चौधरी
सचेतक
नेपाल कम्युनिष्ट पार्टी

नेपालको इतिहासकै नेकपा ठूलो कम्युनिष्ट पार्टी बनेको छ । खासगरी दुई पार्टीबीचको एकतापछि बनेको नेकपाले संगठन एकीकरण स्थानीय तहसम्म पु¥याएको छ । दुई ठूला दल एक भईसकेपछि नेता तथा कार्यकर्ताको विचार विशाल भएको छ ।
ठूलो पार्टीमा अलि–अलि असन्तुष्ट आवाजहरु निस्कनु स्वभाविक हो । नेकपा दाङको नेतृत्वमा पनि दुई पार्टीका नेतालाई एकदमै समेटिएको छ । अब जिम्मेवारी लैजाने, दिने भन्ने सवालमा प्रणाली हुन्छ त्यसैअनुसार नै हामी जानुपर्छ ।
पार्टीले लिएको नीति र विधि अनुसार नै नेतृत्व दिएको जस्तो लाग्छ । विभिन्न विषयलाई समेट्नुपर्ने भएकाले एकताको लामो समयपछि नै जिल्ला तहको एकता टुङ्गीएको छ । पार्टीले अहिले तदर्थ कमिटीको रुपमा जिम्मेवारी दिएको छ । त्यसैले पनि कसैले विरोध गर्नुपर्ने, कोही असन्तुष्ट हुुनुपर्ने छैन् ।
ठूलो पार्टीको एकीकरणमा यस्तो देखिनु स्वभाविक हो । कसैले पनि यसलाई अन्यथा मान्नुपर्ने अवस्था छैन् । बरु के हुनुपर्छ भने जसको जसको असन्तुष्ट छ । उहाँहरु खुला रुपमा आएर पार्टीभित्र छलफल गरेर समाधानको उपाय खोज्नुपर्छ ।
काम गर्ने, जिम्म्मेवारी दिने क्रममा केही कमि कमजोरी हुनसक्छन् तर पनि नेकपाको जिल्ला नेतृत्वमा त्यस्तोे समस्या छैन् । सबै किसिमका वौद्धिक व्यक्तिहरु समेटिनुभएको छ । खासमा के भने पार्टीले निर्णय गरेको कुरा सबैले मान्नुपर्छ ।
निकै गहिरो छलफलपछि नै पार्टीले जिम्मेवारी हस्तान्तरण गरेको हुन्छ । त्यो त्रुटीपूर्ण छ जस्तो लाग्दैन् । पार्टीका जिम्मेवार नेता हामीहरुले पार्टीलाई कसरी विशाल बनाउने विषयमा यि साना कुरामा अल्झिरहनु हुँदैन् ? अब सामाजिक सञ्जालभन्दा पनि आपसी छलफलबाटै हामीले समाधान खोज्नुपर्छ ।
पार्टीले गरेका निर्णय सबै ठिक तर उहाँहरुले गरेको विरोध बेठिक भन्न खोजेको के भने तपाई जो–जो पर्नुभएन तपाईहरुले रचनात्मक ढंगले काम गर्नुपर्छ । नेपाली नागरिकले नेकपाबाट ठूलो अपेक्षा गरेका छन् ।
नागरिकले गरेको अपेक्षालाई पूरा गर्न हामीले पूरा गर्नुपर्ने अभिभारा छ । जिल्ला नेतृत्व छनौटको काम सकिएर स्थानीय तहमा पनि एकता प्रक्रिया टुङ्गीसकेको अवस्थामा पार्टी झनै बलियो बनेको छ । विवाद नेतृत्वमा मात्र होइन् हरके कुरामा विवाद र विरोध भएपछि मात्र समाधानको उपाय निस्कन्छ । नेकपा जिल्ला नेतृत्वप्रति सबै सन्तुष्ट नै हुनुपर्छ र छ पनि ।

समाधानननका लागि गृहकार्य

जोखबहादुर राणा
प्रदेश सदस्य
नेपाल कम्युनिष्ट पार्टी

देशमा रहेका दुई ठूला मुलधारका पार्टी एक भएका छन् । जनतामा पनि धेरै आशा पलाएको छ । लामो समयको राजनैतिक चपेटामा परेका नेपाली जनताले शान्ति स्थापनासँगै राहतको महशुस गर्न थालेका छन् ।
अहिले देशमा तत्कालीन एमाले र तत्कालीन माओवादीबीचको एकीकरणले झनै आशा पलाएका छन् । दुई ठूला राजनैतिक पार्टीको नेतृत्व छनौटमा देखिएको विवाद सामान्य हो तर त्यसो छैन् । तपाईले भनेजस्तो हामीले पाएका छैनौँ ।
नेकपाको नेतृत्व छनौटमा नेतादेखि कार्यकर्तासमेत सन्तुष्ट छन् । हामीले खासगरी दुई ठूला पार्टीको एकीकरण भइसकेपछि नेतृत्वमा छनौट प्रक्रियामा आउन सक्ने विवाद समाधानका लागि लामो समय गृहकार्य गरेका हौँ ।
नेतृत्व छनौटका लागि विभिन्न निकायसँगको छलफल र बहसका माध्यमबाट आज जिल्ला हुँदै स्थानीय तहसम्मको नेतृत्व छनौट गरेका छौँ । नेतृत्व छनौटमा कोहि कसैको भिन्न मत भएमा हामीले उहाँहरुसँग बसेर छलफल गर्नेछौँ, गरिरहेका छौँ ।
कम्युनिष्ट पार्टीमा यस्तो पनि हुनुपर्छ, जुन असन्तुष्टिलाई हामीले सकेसम्म छलफलका माध्यमबाट समाधान गर्ने कोशिसमा लाग्छौँ । असन्तुष्टि हुन्छ तर पार्टीले निर्देशन गरेका कुराहरुलाई हामीले मान्नु पनि पर्छ ।
नेता र कार्यकर्ताले साझा धारणा बनाउन सक्नुपर्छ । नीति र विधि अनुसार नेकपाको नेतृत्व टुङ्गिने गरेको छ । पार्टीभित्र देखिएका असन्तुष्टि हामीले छलफल र बहसको माध्यमबाट समाधान गर्नुपर्छ । सबैको भावना अट्ने र अटाउने एकमात्र पार्टी भनेकै नेकपा हो भन्ने बनाउनुपर्छ ।
जिल्ला तह र दश स्थानीय तहमा नेतृत्व छनौट भइसकेको अवस्थामा अब हामीहरु वडास्तरमा पनि कमिटी गठन गर्दै जान थालेका छौँ ।
सम्भवतः यसै सातादेखि नै यो कुरा पनि लागू हुन्छ । तल्लो तहसम्म नेतृत्व छनौट भएपछि हामीले सरकारले गरेका विभिन्न रचनात्मक काम जनतामाझ लैजाने बनाएका छौँ भने जनताका गुनासालाई सरकारसम्म लैजाने कोशिस गर्नेछौँ ।
दाङमा जिल्ला नेतृत्वदेखि स्थानीयस्तरको नेतृत्वमा सकेसम्म सबैलाई समेट्ने र अटाउने प्रयास गर्नेछौँ । अब तपाईले भनेझैँ इञ्चार्ज जम्बो भएको होइन् । यो सबै हामीले नीति र विधिसम्वत् नै बनाएका छौँ ।
दुई शक्तिशाली पार्टीका शक्तिशाली नेतृत्व भएको हुँदा सबैलाई मिलाएर लैजाँदा अलिकति ठूलो आकारको टिम बनेको हो । यसमा कुनै अन्त्यथा लिनुपर्दैन् ।
नेतृत्व शक्तिशाली भयो भनेमात्रै पार्टी शक्तिशाली हुने हो । त्यसैले अहिले नेकपामा पनि दुई पार्टीका नेतृत्वलाई एक गराउदा केही जटिलता आउनु स्वभाविक पनि हो तर हामीहरुले यसलाई एउटा साधारण प्रक्रिया मानेका छौँ ।


नेतृत्वमा धेरै जनालाई जिम्मेवारी दिँदा झनै हामीहरु शक्तिशाली भएका छौँ । किनभने सबैलाई जिम्मेवारी आइसकेपछि नेकपाले संगठन विस्तारलगायतका कुरालाई कसरी बलियो बनाउने भन्नेतर्फ लागेको छ । इञ्चार्ज र सहइञ्चार्ज गरेर अहिले १० जना छौँ । यसमा खासै कुरा उठाइरहनुपर्ने प्रसंग देख्दिन् ।


नीति र विधि सम्बद्ध हुनुपर्दछ

हुकुम बस्नेत
प्रमुख
स्थानीय तह विभाग

हामीभित्र अर्थात् नेकपा दाङभित्र अहिले कुनै समस्या छैन् । दाङमा नेकपाको नेतृत्व छनौट निकै उदाहरणीय छ । देशमा भएका दुई ठूला पार्टीको एकीकरण जिल्ला तहसम्म आइपुग्दा केही सामान्य किसिमका असन्तुष्ट आवाजहरु आएपनि अरु खासै ठूलो समस्या देखिएको छैन् ।
हामीले साना भन्दा साना समस्यालाई पनि समाधान गरेर गएका छौँ । त्यसैले जिल्लादेखि स्थानीय तहसम्मको नेतृत्व छनौट नीति र विधिसम्वत् छ । जनताले हामीलाई दिएको म्याण्डेट पूरा गर्न हामी एकीकरणसँगै लैजाने कोशिस गरेका छौँ ।
अब अहिले तपाईले भनेको जस्तो सामाजिक सञ्जालमा केहि विरोधाभासका आएका भएपनि हामीले त्यसलाई सम्बोधन गर्नुपर्छ र गरेका छौँ । खासगरी सामाजिक सञ्जालभन्दा पनि आपसी समझदारीमा ति असन्तुष्ट स्वरहरुलाई हामीले सम्बोधन गर्नुपर्छ ।
केहि रुपमा भएपनि असन्तुष्ट आवाज निस्कनु सामान्य कुरा हो । कम्युनिष्टहरुमा यस्तो पनि हुनुपर्छ । किनकी आफूलाई मनमा लागेका कुराहरुलाई खुल्लारुपमा प्रस्तुत गर्नुपर्छ र मात्रै पार्टीभित्र सबैका विचार अट्ने र अटाउने हुन्छ । त्यस्ता सामान्य कुरामा पनि हामीले बडो संवेदनशील भएर काम गरिरहेका छौँ ।
हामीभित्र कसैलाई विभेद छैन् सबै सम्मानपूर्वक ढंगले अटाएका छौँ । अब खासगरी दुई ठूला फरक–फरक पार्टी निकै संक्रमणकालिन अवस्थामा एक भएको हो । जनताले पनि ठूलो मतका साथ हामीलाई नीति निर्माण तहमा पु¥याइसकेपछि हामी सानो कुरामा अल्झिन हुँदैन् ।
जनताका सपनालाई साकार पार्नलाई परिवारभित्रको विवादलाई बाहिर छताछुल्ल अवस्थामा जाने वातावरण हामी नेतृत्वबाट हुनुहुँदैन् र छैन् पनि । हामीले सकेसम्म सबैका विचारलाई सम्बोधन गरेर लैजान कोशिस गरेका छौँ गरिरहने छौँ ।
नेकपाको अहिलेको नेतृत्व अन्तरिम विधान अनुरुप छनौट भएको हो । अब छ महिनापछि महाधिवेशन भएपनि मात्रै विधानले पनि अन्तिम रुप पाउने छ ।
दाङमा नेकपाको नेतृत्वमा जम्बो सदस्य भए भन्ने गुनासो भएपनि हामीले त्यस्तो मानेका छैनौँ । प्रशस्त सम्भावना बोकेको दल नेकपाले सबैका मागलाई सम्बोधन गर्दै नेतृत्व छनौट गरेको छ ।
अब हामीले वडास्तरको नेतृत्वलाई अन्तिम रुप दिने तयारी थालिरहदा पनि विभिन्न नेतृत्वसँग छलफल गरेर जाने छौँ । जसले गर्दापनि हामीभित्र देखिने पारदर्शिता स्पष्ट हुन्छ । नेकपामा टुटफुट र गुट कसैको सम्भावना छैन् ।
लोकतन्त्रमा सबैको सल्लाह र सुझावले मात्रै काम गर्नुपर्छ हामीले पनि त्यसै सिद्धान्तलाई आत्मसात गरेर काम गरिरहेका छौँ । त्यसले पनि हामीभित्रको स्पष्ट धारणाले नेकपालाई नै थप बलियो बनाउन मद्दत पुग्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here