नीति ठीक, नेतृत्व बेठिकः मिश्र

फिचर मुख्य खबर

तुलसीपुर, ८ भदौ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघीय व्यवस्थाको नीति ठीक भएपनि नेतृत्व ठीक नहुँदा नयाँ व्यवस्थाप्रति नागरिक असन्तुष्ट बन्दै गएको बताएका छन् ।
उनले अहिलेको व्यवस्था तत्काललै परिवर्तन गर्न नहुने भन्दै नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था देखिएको बताए । ‘नयाँ व्यवस्थाबाट कोहि पनि विचलित हुनुुहँदैन्, नीति एकदमै राम्रो छ तर नेतृत्वका कारण समस्या देखिएको हो उनले भने । पार्टीको संगठन विस्तारका लागि दाङ आएका मिश्रले दाङको तुलसीपुरमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै यस्ता बताएका हुन् ।
संयोजक मिश्रले पार्टीका गतिविधिलाई जनतामाझ लैजान संगठन विस्तारको काम अघि बढेको बताए । उनले नेपालका अरु राजनैतिक पार्टीजस्तो पेशागत संगठन विस्तार नगर्ने पनि स्पष्ट पारे ।

नयाँ व्यवस्थाबाट कोहि पनि विचलित हुनुुहँदैन्, नीति एकदमै राम्रो छ तर नेतृत्वका कारण समस्या देखिएको छ ।

उनले पार्टीभित्र युवा संगठन, महिला संगठन र जेष्ठ नागरिक संगठन गरी तीनवटा संगठनलाई मात्रै विस्तार गर्ने तर पेशागत संगठन विस्तार नहुने बताए । साझा पार्टीको एजेण्डा अन्य राजनैतिक दलभन्दा नम्बर एक भएको समेत दाबी गर्दै संयोजक मिश्रले पार्टीप्रतिको आस्था नागरिकमा बढ्दै गएको बताए ।
साझा पार्टीका प्रवक्ता सुरज आचार्यले देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अन्यायका विरुद्ध साझा पार्टीले महत्वपूर्ण भूमिका खेलको बताए । उनले पार्टीमा पहिले केहि समस्या भएपनि अहिले समस्या नभएको समेत जानकारी दिए ।
उनले एकअर्को फरक प्रसंगमा पत्रकार शालिकराम पुडासैनी प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे । प्रहरीले अनुसन्धानको दायरामा ल्याउनु राज्यको दायित्व भएको भएको बताउँदै निष्पक्ष छानबिनको लागि नागरिकलाई पनि दबाब दिने अधिकार भएको बताए ।


जिल्ला संयोजकमा केसी


साझा पार्टीको दाङ जिल्ला संयोजकमा मधुसुदन केसी चयन भएका छन् । पार्टीको शनिबार तुलसीपुमा भएको भेलाले केसीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सार्वजनिक गरेको हो । समितिको सांगठनिक प्रमुखमा विनोद न्यौपाने, आर्थिक विभागको प्रमुख रुद्रमणि गौतम चयन भएका छन् ।
समितिका सदस्य शिशिर रावत, माधव न्यौपाने, तेज बहादुर केसी, सुरज केसी, पुरुषोत्तम भुसाल, रविना रावत, आशिष कुमाल, ओमप्रकाश थापा रहेका छन ।
त्यसै गरेर तुलसीपुर उपमहानगरको संयोजकमा खड्क प्रसाद न्यौपाने, घोराही उपमहानगरपालिकाको संयोजकमा खगेश्वर पौडेल, लमही नगर संयोजकमा बाबुराम कुमाल, राजपुर संयोजकमा धर्मराज डाँगी, दंगीशरण गाउँपालिका संयोजकमा बालुराम चौधरी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *