निसानामा बालिका

फिचर मुख्य खबर समाज

बढ्दै जबरजस्ती करणी …
दाङ, ३० फागुन । फागुन २१ गते घोराही उपमहानगरपालिका–४ की १४ वर्षिय एक बालिका बलात्कृत भइन् । बालिका बलात्कृत भएको जाहेरी प्रहरीमा परेपछि बालिका बलात्कारको अभियोगमा प्रहरीले फागुुन २४ गते रोल्पाको रुन्टीगढी गाउँपालिका–१ का युवराज रानालाई पक्राउ ग¥यो ।
त्यस्तै फागुन २४ गते नै बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१९ का सन्तोष घर्तीमगर पक्राउ परे । फागुन १७ गते सोही ठाउँ निवासी १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन । पीडितका दाजुले बालिकालाई जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको थियो ।
फागुन २३ गते घोराही उपमहानगरपालिका–१० चारबगियाकी १० वर्षिया एक बालिकालाई फागुन १ गते बलात्कार गरेको अभियोगमा सोही ठाउँका १३ वर्षिय बालकलाई पक्राउ गरेको थियो । घटनामा संलग्न तीनैजना ब्यक्तिलाई अहिले प्रहरीले कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
जिल्लामा जबरजस्ती करणीका यि त प्रतिनिधिमूलक घटना मात्र हुन् । दाङमा पछिल्लो समय दैनिकजसो जबरजस्ती करणीका घटना सार्वजनिक भइरहेका छन् । ति घटनामा अधिकांश बालिका निसानामा पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार १० वर्षदेखि १६ वर्षसम्मका बालिकाहरु धेरै पर्ने गरेका छन् ।
चालु वर्षमा जबरजस्ती करणीमा १० देखि १६ वर्षसम्मका बालिका १४ जना परेका छन् । जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक राजन गौतमले जबरजस्ती करणीमा १६ वर्षदेखि २५ वर्षसम्मका बढी पर्ने गरेको बताए । १२ जना, २६ देखि ३५ वर्षसम्मका ९ जना र ३६ देखि ४५ वर्षसम्मका २ जना महिला परेका छन् ।

गत भदौ १ मा जारी भएको नयाँ मुलुकी ऐनमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनको व्यवस्था गरिएको छ तर कानुन व्यवस्था कडा हुुँदा पनि जबरजस्ती करणीका मुद्दामा कमि आउन सकेको छैन् ।

गत भदौ १ मा जारी भएको नयाँ मुलुकी ऐनमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनको व्यवस्था गरिएको छ तर कानुन व्यवस्था कडा हुुँदा पनि जबरजस्ती करणीका मुद्दामा कमि आउन सकेको छैन् । बढ्दै गएको सूचना प्रविधिको गलत प्रयोग, बालबालिकाप्रति अभिभावकको निगरानी कम, कानुनको सचेतनाको अभावलगायतका कारण बलात्कारका मुद्दा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।
वर्तमान अवस्थामा बलात्कारको सिकार सबैभन्दा बढी बालिकाहरु पर्नुको कारण बढ्दै गएको सूचना प्रविधिको गलत प्रयोग नै प्रमुख हो, अझ कतिपय घटना बालकले नै बालिकालाई जबरजस्ती करणीको घटना पनि छन् उनले भने– साइबर क्राइमका हिसावले पनि इन्टरनेटको प्रयोगकै कारण छ भने अर्कोकुरा कानुनी कार्यान्वयनमा फितलो हुँदा यस्ता घटना झनै बढ्दै गएको पाइन्छ । पछिल्लो समय घटना लुकाउन हुन्न भनेर न्यायको ढोकासम्म आउने गरेका छन्, पीडितहरु यसकारण पनि घटना बढेको अनुमान गर्न सकिन्छ ।
दैनिक रुपमा हुने जबरजस्ती करणीका दोषी कानुनको दायरामा आउने गरेको प्रहरीको दाबी छ । तर घटनामा भने कमि आउनुको साटो बढ्दै गएको देखिन्छ । यता बितेको वर्षको तुलनामा यसवर्ष झनै बलात्कारका घटना बढेका छन् दाङ देउखुरी जिल्ला अदालका न्यायाधीश ईश्वरीप्रसाद गौतमले भने ‘१० देखि १८ वर्षसम्मका बालिकाहरु जबरजस्ती करणीको सिकार हुने गरेका छन्, कानुनी व्यवस्थामा यो उमेर समूहका दोषीलाई २० देखि २५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।’
उनले भने ‘चालु वर्षमा मात्रै १७ वटा जबरजस्ती करणीका मुद्दा फच्र्यौट गरेका छौँ, फच्र्यौट गरिएका करिब ९० प्रतिशत मुद्दा बालिका जबरजस्ती करणीका रहेका छन् । दाङ देउुुखरी जिल्ला अदालतका अनुुसार अझै ४८ मुद्दा फच्र्यौट हुन बाँकी छ । फच्र्यौट हुुन बाँकी पनि अधिकांश १० देखि १८ वर्षसम्मका बालिका रहेका छन् न्यायधीश गौतमले भने ‘अरुको तुलनामा बालिका बलात्कारका घटनामा संलग्नलाई कानुनी सजाय बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *