निर्वाचन क्षेत्रका निजी विद्यालय बन्द

मुख्य खबर राजनीति समाज

तुलसीपुर, १३ मंसिर । नेसनल प्याब्सन तुलसीपुर उपमहानगर दाङले उपनिर्वाचन हुने क्षेत्रमा रहेका आवद्ध विद्यालयमा शुक्रबार बिदा गर्ने भएको छ । निर्वाचनलाई सहज बनाउन एन प्याब्सन आवद्ध विद्यालयहरूमा बिदा दिइएको तुलसीपुर समितिका अध्यक्ष भोजराज न्यौपानेले बताए ।
निर्वाचन क्षेत्र ३ को (ख) मा पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, १० र ११ नम्बर वडाका नेसनल प्याब्सनअन्तर्गतका विद्यालय शुक्रबार (आज) एक दिनका लागि बन्द गरिएको हो । नेसनल प्याब्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपाने र सचिव मेघराज पोख्रेलले बिहीबार विज्ञप्ति जारी गर्दै बिदा दिइएको जानकारी गराएका हुन् ।
‘निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी तुलसीपुरमा निर्वाचन हुन लागेका चारवटा वडाका नेसनल प्याब्सनअन्तर्गतका विद्यालय शुक्रबार एकदिनका लागि बन्द गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *