निर्माण व्यवसायीको अध्यक्षमा राना

फिचर मुख्य खबर

घोराही, १५ असोज । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन् । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले रानालाई आगामी तीन बर्षको लागि अध्यक्षमा चयन गरेको हो । राना दाङका निर्माण ब्यवसायी हुन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा सुरेश चन्द निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु भुसाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द लम्साल छन् । त्यस्तै अधिवेशनले महिला उपाध्यक्षमा गंगा पोखरेल, महासचिवमा प्रकाश शाहलाई चयन गरेको छ । त्यस्तै नीतिगत कार्यभार उपमहासचिवमा टिकाबहादुर श्रेष्ठ (सन्तोष), आन्तरिक कार्यभार उप–महासचिवमा पवनकुमार कुँवर र प्रशासनिक उपमहासचिवमा दिनेशकुमार हमाललाई चयन गरिएको छ ।
समितिको कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्र, सह–कोषाध्यक्षमा प्रकाश बस्नेत, खुल्ला सदस्यहरुमा जविन कक्षपती, ढुण्डीराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बिएम, दिपककुमार श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत कृष्ण बहादुर पोख्ररेलले जानकारी दिए । अधिकृत पोखरेलका अनुसार एसोसिट सदस्यमा बामदेव रेग्मी, महिला सदस्य नलिन गौतम भुसाल, वस्तुगत सदस्य अजय राना, मधेशी, मुस्लिम र पिछडा वर्गबाट रमेशकुमार मिश्रा र जनजाति सदस्यमा सुजन श्रेष्ठ छन् । प्रदेश नम्बर ५ ले देशभरका सातैवटा प्रदेशमध्ये सबैभन्दा पहिले नयाँ नेतृत्व चयन गरेको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशन घोराहीमा भएको थियो । पटक–पटक दाङ निर्माण ब्यवसायी संघको अध्यक्ष भएर कुशलतापूवर्क जिम्मेवारी निर्वाह गर्दै आएका उनै राना नेपाल निर्माण ब्यवसायी महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेशका १२ वटा जिल्लाबाट करिब दुई सय बढी प्रतिनिधिहरु अधिवेशनमा सहभागी भएका थिए । अधिवेशनको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *