निःशुल्क स्वास्थ्य शिविर

समाज

तुलसीपुर, २६ फागुन । तुलसीपुरमा भएको स्वास्थ्य शिविरबाट साढे तीनसयलाई सेवा प्रदान गरिएको छ । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन तुलसीपुरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट तीनसय ५० जनालाई सेवा प्रदान गरिएको हो ।
आर्थिक अभावमा स्वास्थ्य सेवाबाट बञ्चित भएका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र तुलसीपुर नगर जेसिजको आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको वडा सदस्य सुरेश श्रेष्ठले बताए । उनका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट एक सयभन्दा बढी बिरामीलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल बोलाइएको छ, भने अधिकांशमा भाईरल देखिएको छ । श्रेष्ठका अनुसार केहीलाई रक्तचापको समस्या देखिएको छ ।
तुलसीपुरस्थित चिनारी हस्पिटलको प्राविधिक सहयोगमा तुलसीपुर बसपार्क नजिक रहेको ज्ञानज्योति प्राथमिक विद्यालयमा शिविर भएको हो । शिविरबाट गरिब, बृद्धबृद्धा, असहाय, पिछडिएको समुदायले सेवा लिएका छन् ।
यसैबीच स्वास्थ्य शिविरको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता एवं तुलसीपुर वडा नं. ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यमा शिविर भएको हो । कार्यक्रमको सहजीकरण जेसिजका महासचिव मोहन सुनारले गरेका थिए । डाक्टर दुर्गा बेलवासेको नेतृत्वमा करिब सातजनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *