- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरनिःशुल्क बिमादेखि प्राविधिक शिक्षासम्म

निःशुल्क बिमादेखि प्राविधिक शिक्षासम्म

- Advertisement -spot_img

स्थानीय तहमा मुुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम …
घोराही, ३ चैत । दाङका तीन स्थानीय तहमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाका दश स्थानीय तहमध्ये बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र राजपुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुन लागेको हो ।
निम्न आय भएका तथा अति विपन्न व्यक्ति एवं परिवारलाई आर्थिकरुपले सक्षम बनाउन प्रदेश नम्बर ५ को सरकारले दाङसहित १२ वटै जिल्लामा मुुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाङका सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जानकारी दिए ।

‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत समाजमा आर्थिकरुपले विपन्न परिवारलाई आयआर्जनमा जोड्न अनुदान रकम उपलब्ध गराईने छ ।’

‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत समाजमा आर्थिकरुपले विपन्न परिवारलाई आयआर्जनमा जोड्न अनुदान रकम उपलब्ध गराईने छ’ उनले भने ‘बंगलाचुली गाउँपलिकाको सात ठाउँमा र राजपुर र बबई गाउँपालिकामा १०÷१० ठाउँमा कार्यक्रम सञ्चालन हुनेछ ।’
गरिब तथा विपन्न परिवारको जीवनस्तर माथि उठाउनका लागि कार्यक्रम सञ्चालन गरिएको भन्दै उनले यो कार्यक्रम प्रदेश सरकारको आर्थिक सहयोगमा सम्बन्धित गाउँपालिकाले सञ्चालन गर्ने बताए ।
तीनवटै गाउँपालिकाकाका सबै वडामा गरिब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय र घरबारविहीन परिवारलाई शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सीपमूलक तालिम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिने कार्यक्रम सहजकर्ता राजभण्डारीले बताए ।

कति छ बजेट ?

प्रदेश नम्बर ५ को सरकारले दाङका तीन स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न चालु वर्षका लागि १ करोड ४० लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रत्येक स्थानीय तहलाई ४६ लाख ९० हजारका दरले रकम विनियोजन गरेको मसख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाङका सहजकर्ता राजभण्डारीले बताए । कार्यक्रम सञ्चालनका लागि चालु खर्चतर्र्फ २५ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १२ लाख ८० हजार खर्च विनियोजन गरेको उनले बताए । त्यस्तै कार्यक्रम व्यवस्थापन तथा अनुगमन खर्चका लागि एक÷एक लाख आएको उनको भनाइ छ ।
कसरी सञ्चालन हुुनेछ कार्यक्रम ?
कार्यक्रम सञ्चालन लागि सम्बन्धित गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा समिति हुुन्छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सदस्य सचिव हुुने र उपाध्यक्ष सदस्य र मुख्यमन्त्रीबाट मनोनित सम्बन्धित गाउँपालिकाका अन्य दुईजना जम्मा पाँचजनाको समितिको मातहतमा सञ्चालन हुुनेछ । दाङका तीनवटै गाउँपालिकामा समिति छनौट भइसकेको सहजकर्ता राजभण्डारीले जानकारी दिए ।


‘स्थानीय तहमा प्रदेशको उपस्थिति देखाउन ५ नम्बर प्रदेशको सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेको हो’ उनले भने ‘आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका समुदाय, घरपरिवार वा व्यक्तिहरुको गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगार, आयआर्जनका अवसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत गरिब तथा विपन्न परिवारको जीवनस्तर सुधार गरी गरिबी निवारण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
त्यस्तै प्राविधिक शिक्षा तथा सीपमूलक तालिम सञ्चालन गर्ने र तालिम अनुसारका व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने, निःशुल्क बिमा तथा निःशुल्क स्वास्थ्यसम्बन्धी तालिमहरु सञ्चालन गर्ने रहेको सहजकर्ता राजभण्डारीले भने,
कार्यक्रम छनौटमा परेका दाङका तीन स्थानीय तहमा खासगरी विद्यालय छोडेर बसेका बालबालिकालाई विद्यालय जाने बातावरण निर्माणका लागि सबै गाउँपालिकाभित्रका सबै विद्यालयमा विद्यालय पोषाक र स्टेशनरी वितरण र भर्ना अभियान सञ्चालन गरिने,
मोटरसाइकल मर्मतका लागि तीन महिने तालिम सञ्चालन गरिने र व्यवसाय सञ्चालनका लागि अनुुदान रकम उपलब्ध गराउने सबै वडामा सञ्चालन गरिने, महिलाका लागि स्वास्थ्य बिमा कार्यक्रम, बाख्राको खोर व्यवस्थापन, अपाङ्गता भएका र अति विपन्न परिवारलाई चामल वितरण लगायतका कामहरु गरिने बताए ।
उनले भने ‘गरिबीको समस्याबाट आक्रान्त परिवार, असहाय, जेष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति तथा परिवार, दलित, पिछडिएका समुुदाय, सुुरक्षित बसोबास नभएका परिवार, कुुनै प्रकोप तथा घटनाबाट प्रभावित परिवार लक्षित कार्यक्रम रहेको छ ।
तीन स्थानीय तहमा कार्यक्रम छनौट भएर जिल्ला समन्वय समितिमा आइसकेको छ, अनि समन्वय समितबाट पनि कार्यक्रम स्विकृत भएर प्रदेशमा पठाइसकेका छौँ, सम्भवतः चैतको पहिलो सातामा कार्यक्रम शुुरु हुुनेछ उनले भने ‘अर्को आर्थिक वर्षमा पनि यो वर्ष शुुरु भएका स्थानीय तहमा निरन्तरता हुुन्छ, अनि अरु थप स्थानीय तहमा आउन सक्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here