निःशुल्क आँखा शिविर

मुख्य खबर समाज

कुटीचौर, २२ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को कुटीचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पतालको सहयोग तथा नवजागरण मावि कुटिचौरको व्यवस्थापनमा आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा तीन सय बढी स्थानीयले आँखा चेकजाँच गराएको नेत्र सहायक रोहित कठायकले जानकारी दिए । उक्त अवसरमा बिरामीहरूलाई निःशुल्क रूपमा चश्मा र औषधीसमेत उपलब्ध गराइएको उनले बताए ।
चेकजाँचका क्रममा २७ जना मोतियाबिन्दुका बिरामी फेला परेको तथा उनीहरूको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले राप्ती आँखा अस्पतालको सहयोगमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *