निःशुल्क अप्रेशन शिविर हुने

मुख्य खबर समाज

तुलसीपुर, ९ चैत । खुँडे तथा आगोले पोलेर पीडित भएका ब्यक्तिको निःशुल्क प्लाष्टिक सर्जरीका लागि दाङ तथा सल्यानका अपाङ्गता भएका ब्यक्तिहरु जुटेका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको पहलमा ओंठ, तालु चिरिएका खुँडे तथा आगोलेर पोलर शरीरको कुनै पनि एक भागसँग अर्को भाग जोडिएर खुम्चिएका साथै पहिले अप्रेसन गरेका बसेका ब्यक्तिहरुको निःशुल्क अप्रेसनमा जुटेको आयोजक अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमाकान्त कँडेलले जानकारी दिए ।
चैत १९ देखि २२ गतेसम्म राप्ती प्रादेशिक अस्पातल तुलसीपुरमा झण्डै एक सयजना ब्यक्तिका लागि निःशुल्क अप्रेसन गरिने कँडेलले बताए । तर तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । खर्च जुटाउन सहयोगीदाताको खोजीमा छौँ, उनले भने ।
निःशुल्क अप्रेसन शिविरको तयारीका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार तुलसीपुरमा आयोजना गरिएको छलफलमा अर्को आयोजक कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानका चेतबहादुर खड्काले दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठानका एक सयजनाले यो शिविरमा सेवा लिने जानकारी दिए ।
अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुर र कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानको आयोजना तथा किर्तिपुर अस्पताल÷मोडल अस्प्ताल काठमाडौँको सहआयोजनमा सञ्चालन हुने शिविरमा १२ जना चिकित्सकहरु सहभागी हुने अपाङ्ग समाज सुधार केन्द्रका निर्देशक तेजप्रसाद पोख्रेलले जानकारी दिए ।
अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी, नेकपा तुलसीपुर नगर कमिटीका अध्यक्ष खुशीराम चौधरी, नेपाली काँग्रेस सल्यानका पूर्व सभापति ध्रुवराज पुरी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, तुलसीपुर नगरस्तरीय अपाङ्ग सञ्जालकी देवा डाँगी, कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानका कृष्ण बुढालगायतले शिविरलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
यसैबिच अपाङ्ग समाज सुधारको आयोजनमा अपाङ्गता भएका ७१ जनाको शुक्रबार तुलसीपुरमा सुगर रोग र थाईराइडको निःशुल्क परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *