- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरनाका जोड्ने सडक कालोपत्रे

नाका जोड्ने सडक कालोपत्रे

- Advertisement -spot_img

राजपुर, ७ साउन । लमही नगरपालिका–८ को दमाराघाटदेखि राजपुर गाउँपालिका–६ को खांग्रा नाका जोड्ने कालोपत्रे गरिएको छ । लमही नगरपालिका वडा नम्बर ८ महेन्द्र राजमार्गसँग सटेको जहरे दमाराघाटदेखि जंग्रहवा हुँदै राजपुर गाउँपालिका–६ खांग्रा नाका जोड्ने
सडकअन्तर्गतको जंग्रहवामा पाँच सयभन्दा बढी सडक कालोपत्रे भएको हो । राजमार्गको उत्तरतर्फ २७ लाख ४५ हजार र दक्षिणतर्फ ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्रे भएको हो ।
साढे पाँच मिटर चौडाइ र आठ सिसी नाली रहेको उक्त सडकको कालोपत्रे गरिएको निर्माण सेवा कम्पनीका प्रोप्राईटर विकास विसीले जानकारी दिए ।
राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा पाँच सय ४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण काण्डमा रहेकोे सो सडकलाई कालोपत्रे गर्नको लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय ५ नम्बर प्रदेशले गएको आर्थिक वर्ष ०७५/०७६ योजनाअन्तर्गत विनियोजित कुल बजेट
९० लाखलाई टेन्डर प्रक्रियाबाट कामको जिम्मा लिएको कम्पनीका प्रोप्राईटर विसीले बताए । गत चैत महिनादेखि सुरु भएको कालोपत्रे कम्पनीले निर्धारित समयमा गुणस्तरीय कालोपत्रे गरेको छ ।
सडक कालोपत्रे भएपछि स्थानीयलाई आवात–जावातमा सहजता आएको छ । सडक कालोपत्रे नहुँदा स्थानीयले विभिन्न समयमा सास्ती व्यहोरेका थिए । प्रदेश सरकारको आर्थिक सहयोगमा सडक कालोपत्रे निर्माण सकिएपछि हिलो र धुलोको समस्या अन्त्य भएको स्थानीयले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here