- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयनाकाक्षेत्रको विकास

नाकाक्षेत्रको विकास

- Advertisement -spot_img

सुविधा सबैका लागि अनिवार्य हुन्छ । मान्छेले सुविधाकै लागि धेरै संघर्ष र कार्य गरिरहेको हुन्छ । त्यसका पनि आफ्नो जीवन र स्वास्थ्य महत्वपूर्ण हुन्छ ।
जीवनलाई आराम दिन नै प्रायः सेवा र सुविधा उपभोग हुने गरेको छ । त्यस सेवा सुविधा सामान्यरूपमा पनि नपाउँदा कष्टकर जीव बन्न जान्छ । यस्तै भएको देखिएको र नेपाल भारत जोड्ने दाङका जिल्लामा रहेका नेपाली भू–भागका नाकाका नागरिकले आधारभूत रूपमा पाउनु पर्ने सेवासमेत त्यस क्षेत्रमा सहज नभएको स्थानीयहरुकै गुनासो आउने बढी नै देखिन्छ ।
अहिले पनि नाका क्षेत्रको स्वास्थ्य पहुँचको बारेमा बहस भएको छ । राजपुर गाउँपालिकाअन्तर्गतका नाका क्षेत्रका नागरिकहरुले सहजरूपमा स्वास्थ्य सेवा नपाएको र स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको सार्वजनिक भए पनि त्यो क्षेत्रको पीडा झनै बढेको छ । जहाँ जस्तो जे भएपनि नागरिकले सहजरूपमा स्वास्थ्यको पहुँचमा पुग्नुपर्छ । त्यो अवस्था राज्यले सिर्जना गर्नुपर्छ ।
विकासले गति नलिदा नै सबै क्षेत्रबाट नागरिकहरु पहुँच बाहिर रहने हुन् । विकासको पहिलो आधार सडक हो । सडक सहज भए सबैमा पहँुच पनि सहज हुन्छ । तर सडक नै सहज भएन भने पहुँच पनि धेरै टाढा देखिन्छ ।
अहिले नाकाको अवस्था पनि त्यस्तै हो । गाउँपालिकालेले स्वास्थ्य सेवा दिने गरी स्थापना गरिएका सामुदायिक स्वास्थ्य केन्द्र सडक कै कारण सबैको पहँुचमा पुग्न नसकेको देखिन्छ ।
नाका क्षेत्रका नागरिकको सुविधाका लागि राजपुर गाउँपालिकाले केही राम्रो प्रयास गरेको देखिएको छ । सबै हिसाबले पछि परिरहेको भारतसँग जोडिएका दाङका नाका क्षेत्रमा स्वास्थ्य पहुँचभन्दा बाहिर रहिरहेकै अवस्था छ ।
यो अवस्था रहेपछि गाउँपालिकाले भने स्वास्थ्यप्रति संवेदनशील बनेको देखिनु राम्रो पक्ष हो । गाउँपालिकाले झण्डै आठवटा नाकामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नुले गाउँपालिका नाकाको स्वास्थ्यप्रति संवेदनशील छ भन्ने देखाएको छ ।
यो सेवालाई निरन्तरता दिदै सडक सञ्चालन पनि बढाउन सकेका नाकाबासीहरुले विकासको अनुभव मात्रै हैन सेवाको पहुँचसम्ममा पनि आफूलाई पुगेको महसुस गराउने छन् ।
नाका क्षेत्र सबैखाले समस्याले ग्रस्त छ । खानेपानी, सडक स्वास्थ्य, शिक्षा, सुरक्षा सबै हिसावले पछि परेको नाका क्षेत्रको विकासका लागि स्थानीय सरकारहरुले बढी चासो दिनुपर्ने देखिन्छ ।
राजपुर गाउँपालिका नाकामा सामुदायिक स्वास्थ्य केन्द्रहरु सञ्चालन गरेर केही स्वास्थ्यमा राहत देखिए पनि सडक यसको प्रमुख बाधक देखिएको छ ।
विकट क्षेत्रलाई सडक सञ्जालसँग मात्रै जोड्न सकेमा मात्रै पनि धेरै परिवर्तन आउँछ । त्यसकारण समस्याको समाधान मात्रै हैन दीर्घकालिन व्यवस्थापन आवश्यक महसुस हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here