- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeविचारनसुध्रिएको सार्वजनिक यातायात

नसुध्रिएको सार्वजनिक यातायात

- Advertisement -spot_img

यातायात क्षेत्रको सुधार र सेवामा गुणस्तर कायम गर्ने भन्दै सरकारले यातायात क्षेत्रकोे सिन्डिकेट नीतिगत रुपमा अन्त्य गरेको छ । विभिन्न बहानामा यातायातमा भइरहेको सिन्डिकेट हटेको भएपनि आन्तरिक रुपमा यसको जगजगी कायमै छ । नेपालको सार्वजनिक यातायात अझै सुधार हुन सकेको छैन । सुधारको आवश्यकता जरुरी छ । दाङमा चल्ने सार्वजनिक यातायातमा उपभोक्ताहरुले विभिन्न बहानामा सास्ती भोगिरहेका छन् ।

यातायातभित्र देखिएको ब्यवहार तत्काल सुधारमा ल्याइनुपर्छ । सार्वजनिक यातायातलाई हाहुगुजीको यात्रा बनाइनु हुँदैन । यातायात सञ्चालक र सरोकारवालाहरुले सार्वजनिक यातायातको सेवा सुधारका लागि जिम्मेवार बन्नै पर्छ र यातायतालाई सुधार गरेर यात्रुमैत्री बनाइदिनु पर्छ । सवारी साधनमा अट्नै नसक्ने गरी मान्छे राखिनु हुदैन ।


दाङमा सञ्चालन भएका सार्वजनिक सवारीका साधनहरुले सञ्चालन नीतिभन्दा बाहिर रहेर यात्रु बोक्ने गरेका छन् । तोकिएको सिटभन्दा तीन गुणासम्म बढी यात्रु बोक्ने गरेको सार्वजनिक भएको छ । यो समस्या जिल्लाका सबै सार्वजनिक यातायातमा देख्न र भोग्न सकिन्छ । यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा यात्रुलाई सास्ती मात्रै हैन विभिन्न प्रकारका समस्या आउन सक्ने हुन्छ । दुर्घटनाको जोखिमसँगै यात्रुलाई सास्ती हुने गरेको छ । तोकिएको सिट क्षमताभन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कानुन अनुसार कारबाही गरेर यस्ता गतिविधिको नियमन गर्न सम्बन्धित सरोकारवाला पक्षहरु तत्पर देखिनुपर्छ । दाङमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाही हुन सकेको छैन् । यातायात व्यवसायीले सहरी क्षेत्रमा बसभित्र कोचाकोच गरेर यात्रु राख्ने तथा ग्रामीण क्षेत्रको सडकमा पिक–अप तथा जिपले जथाभावी यात्रुहरु बोक्ने गरिनु यातायातभित्रको सुधार हैन बेतिथि हो भन्न सकिन्छ । यातायात सेवाका नाममा भएका समिति, संघ, महासंघ खारेज गरेर मात्रै यातायातको सुधार हुन सक्दैन । यो समस्या यातायात समिति प्रालि सबैमा देखिन्छ । सेवा सुधारका लागि यातायात सम्बध सबै पक्ष जिम्मेवार बन्नुपर्छ । यात्रुमैत्री सार्वजनिक यातायात छैन । यात्रुको न त सार्वजनिक यातायातमा सम्मान सद्भाव हुन्छ या गुनासाको सम्बोधन नै । भेडाबाख्रा जस्तै गरेर मानिसलाई गाडीमा कोच्ने र यात्राको नाममा पैसा असुल्ने ध्येय मात्रै सार्वजनिक यातायातमा देखिन्छ ।
यातायातभित्र देखिएको ब्यवहार तत्काल सुधारमा ल्याइनुपर्छ । सार्वजनिक यातायातलाई हाहुगुजीको यात्रा बनाइनु हुँदैन । यातायात सञ्चालक र सरोकारवालाहरुले सार्वजनिक यातायातको सेवा सुधारका लागि जिम्मेवार बन्नै पर्छ र यातायतालाई सुधार गरेर यात्रुमैत्री बनाइदिनु पर्छ । सवारी साधनमा अट्नै नसक्ने गरी मान्छे राखिनु हुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here