- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरनवलपरासी खानेपानीको टोली लमहीमा

नवलपरासी खानेपानीको टोली लमहीमा

- Advertisement -spot_img

देउखुरी, १४ फागुन । पंचनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था नवलपरासीको नेतृत्वमा अध्ययन अवलोकन भ्रमणमा आएको टोलीले सोमबार लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्ययन अवलोकन गरेको छ । अध्ययन अवलोकनको क्रममा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष लिला शाहले लमही खानेपानीको बिगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराएकी छन् ।
उक्त अवसरमा खानेपानीको गुणस्तर, पानीको उपयोग, उपभोक्तालाई सुरक्षित र शुद्धपानी वितरण तथा पानी ब्यवस्थापनको लागि देखिएको समस्याको बारेमा पनि अनुभव आदानप्रदान गरिएको थियो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष लिला शाहको अध्यक्षता तथा पंचनगर खानेपानी उपभोक्ताका नवलपरासीका अध्यक्ष माधव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले आफ्नो खानेपानी आयोजनामा पानीको रंग कालो देखिने गरेकोले सो समस्या अन्यत्र आयोजनामा छ छैन भन्ने बिषयमा जानकारी लिनुका साथै अन्तर जिल्ला खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरको सम्बन्ध स्थापित गर्न अध्ययन भ्रमणमा निस्केको बताए । उक्त अवसरमा लमही खानेपानीको बारेमा कोषाध्यक्ष, जंग बहादुर र चौधरी कार्यसमिति सदस्यहरु बसन्त रावत, श्याम कला पोख्रेल भुसाल, सीतादेवी शाही र कार्यालय सचिव भगवती चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । अवलोकन भ्रमणमा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव सनम पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here