नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

मुख्य खबर

तुलसीपुर, २४ चैत । राप्ती बबई क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित पदाधिकारी र नवनियुक्त क्याम्पस प्रमुखलाई शुक्रबार बधाई तथा सम्मान गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, राप्ती बबई क्याम्पस इकाई समिति तुलसीपुरले एक कार्यक्रमको आयोजना गरेर पदाधिकारी तथा नव नियुक्त क्याम्पस प्रमुखलाई सम्मान गरेको हो ।
क्याम्पसका संस्थापक सदस्य तथा पूर्व क्याम्पस प्रमुख एवं सहप्राध्यापक महेशप्रसाद आचार्यको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सञ्चालक समितिका नवनिर्वाचित पदाधिकाकारीहरु अध्यक्ष विष्णुकुमार देवकोटा, उपाध्यक्ष मिनराज वली, कोषाध्यक्ष विनिल केसी, सदस्यहरु निर्मलकुमार आचार्य, नरेशकुमार राजभण्डारी, निर्मलकुमार आचार्य (बिटी ), वीरबहादुर भण्डारी (मोहन), रेशमबहादुर भण्डारी, सुमित्रा गौतम तथा पदेन सदस्यहरु र नवनियुक्त क्याम्पस प्रमुख युवराज रावत (प्रकाश)लाई बधाई तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देवकोटाले आफ्नो कार्यकालमा क्याम्पसलाई विश्वविद्यालयको आङ्गीक क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले क्याम्पसमा शिक्षाको गुणस्तरसँगै नमुनायोग्य क्याम्पस बनाउन विद्यार्थी, प्राध्यापक, समुदाय लगायतको सहयोग र साथ अनिवार्य भएको बताए ।
त्यस्तै नवनियुक्त क्याम्पस प्रमुख रावतले क्याम्पसको नीति—नियममा रहेर क्याम्पसको सम्रग विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । इकाई समितिका उपसभापति भूपबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव जीवन शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *