- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरनयाँ मुलुकी ऐन लागू हुँदै

नयाँ मुलुकी ऐन लागू हुँदै

- Advertisement -spot_img

तुलसीपुर, २८ असार ।
झण्डै १ सय ६५ बर्ष पुरानो कानून आगामी भदौ १ गतेदेखि नेपालमा खारेजी हुन लागेको छ । मुलुकी ऐन २०७५ भदौ १ गतेदेखि खारेजी हुन लागेको हो । सन् १९१० मा राणा प्रधानमन्त्री जंगबहादुरको पालादेखि शुरु भएको मुलुकी ऐन २०२० सालमा संशोधन गरिएको थियो । उक्त मुलुकी ऐनलाई खारेज गरी देवानी (संहिता) ऐन २०७४ र मुलुकी अपराधसंहिता ऐन २०७४ अबको ३४ दिनपछि नेपालमा लागू गर्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।
यसैबीच फौजदारी कार्यविधि संहिता २०७४ देवानी कार्यविधि संहिता २०७४ सम्बन्धी जानकारी दिन जिल्लाका कानून व्यवसायीहरुलाई जानकारी गराइएको छ । नेपाल कानुन परिषद्को सहयोग र उच्च अदालत वार एसोसिएसनको आयोजनमा कानून ब्यवसायीहरुका लागि बिहीबारदेखि दुई दिनसम्म तुलसीपुरमा प्रशिक्षण दिन शुरु गरिएको हो ।
कानून ब्यवसायीहरुका लागि सञ्चालन गरिएको देवानीसंहिता र मुलुकी अपराधसंहिता सम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सर्वोच्च अदालतका न्यायाधिस सपना मल्ल प्रधानले झण्डै डेढ सय बर्ष पुरानो कानून खारेज हुनु र नयाँ कानून लागू हुँदा केही भ्याकुम हुने बताइन् । मुलुकी ऐन नेपाली नागरिकको जीवनशैली, संस्कार र संस्कृति र परम्परासँग समेत जोडिसकेको अवस्था रहेको उनले बताइन् ।
नयाँ कानून कार्यान्वयनका क्रममा केही जटिलता आउने भएपनि त्यसलाई अवसरका रुपमा लिनुपर्ने न्यायाधीश प्रधानको भनाइ छ । विगतमा सर्वोच्च अदालतले कानून बनाउने परम्पराबाट तोड्दै सहभागितामुलुक हिसाबले कानून बनाउने प्रणालीको विकास भएको प्रधानले बताइन् ।
अबको कानून पूनःस्थापकीय न्यायमूखी प्रणालीमा रहेको भन्दै मेलमिलाप र पुनःस्थापकीय न्यायमा अब ध्यान दिनुपर्ने बताइन् । यसबाट पीडितलाई परिपुरन र पीडकलाई सजायले मात्र नभई सुधार हुने अवसर पनि प्रदान गर्ने प्रणाली अबको ऐनमा ब्यवस्था भएको उनले बताइन् । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले अब कस्तो ऐन लागू गर्दैछौँ भन्ने छलफलभन्दा कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा केन्द्रित हुनुपर्ने बताए ।
परम्परा र जीवनशैली बनिसकेको मुलुकी ऐनलाई खारेज गरी देवानीसंहिता र मुलुकी अपराधसहिंता लागू गर्न बार र बेञ्चको अहम् भूमिका रहेको बताए । यी संहिता लागू गर्दा हजारौ माइलको यात्रा गरेको अनुभव पक्कै पनि हुनेछ, मुख्य न्यायाधिस सुवेदीले भने हाल लागू हुन लागेको ऐनमा १५ सय ५७ वटा दफा, १ सय ४५ ऐन र देवानीसंहितामा मात्र ७५१ वटा रहेको छन् ।
वरिष्ठ अधिवक्ता बामदेव शर्माले हिजोको ऐन र लागू हुन लागेको नयाँ प्रणालीको भिन्नताले केही अन्यौलता ल्याउने बताए । वरिष्ठ अधिवक्ता भानुभक्त ढकाल र दाङ देउखुरी जिल्ला बार एसोसिएसन दाङका अध्यक्ष प्रदीप गौतमले नयाँ ऐन कार्यान्वयनका क्रममा आउनसक्ने जटिलतालाई मध्यनजर गर्दै बार र बेञ्च सजग हुनुपर्ने बताए । उच्च अदालत बार एसोसिएसन तुलसीपुरअन्तर्गतका जिल्लाका ५२ बढी कानून ब्यवसायीहरुको प्रशिक्षणमा सहभागिता रहेका छन् । उच्चबार तुलसीपुरका अध्यक्ष विजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हरिबहादुर शाहले गरेका थिए । कार्यक्रभमको सहजीकरण सुनिल धितालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here