- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरनयाँ पुस्तामा प्रविधिको मोहः मन्त्री बराल

नयाँ पुस्तामा प्रविधिको मोहः मन्त्री बराल

- Advertisement -spot_img

देउखुरी, २१ माघ । नयाँ पुस्तामा प्रविधिको मोह बढ्दो रहेको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्ने भन्दै पछिल्लो समय नयाँ पुस्ता प्रविधितर्फ उत्सुक भएपनि पाठ्यपुस्तक अध्ययन गर्ने प्रचलन नै नहरेकोले नयाँ पुस्तालाई थप ज्ञानको आवश्यक पर्ने मन्त्री बरालले बताए । आइतबार देउखुरीको गढवा गाउँपालिकामा रहेको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । अहिले नयाँ पिढीले पुस्तक अध्ययन गर्न छाडे, सबै नेट इन्टरनेटमा भरपर्ने प्रचलन बढेको छ । सदुपयोगभन्दा दुरुपयोग हुने खतरा बढेको छ मन्त्री बरालले भने । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सामाजिक विकास मन्त्री बरालले प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा स्थलगत अध्ययन गरेर, पञ्चबर्षिय योजना बनाउन थालेको जानकारी दिए ।
नयाँ व्यवस्थामा केही असहज भएपनि राज्य पुनर्संरचनाको महशुस केही समयमै हुने समेत मन्त्री बरालले बताए । मन्त्री बरालले सामुदायिक पुस्तकालयको पनि अवलोकन गरेका छन् । अवलोकन पछि उनले पुस्तकका विद्या छुट्टाउन सहज हुने पुस्तकालय व्यवस्थापन गर्न सञ्चालकहरुलाई आग्रह गरेका छन् । त्यस्तै कोइलाबास भन्सार खुलाउन आफूले पहल गर्ने बताउँदै उनले देउखुरीको समग्र विकासमा आफू गम्भीर रहेको बताए । स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रजित थारु, सरस्वती गौतमलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । केन्द्रका सदस्य राजेन्द्र खड्काको स्वागत रहेको कार्यक्रमको सञ्चालन ओभा पाठकले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here