नमुना संसदको नमुना नीति कार्यक्रम

मुख्य खबर समाज

दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकामा नमुना संसदको बैठक शुरु शनिबार भएको छ । नमुना संसदको बैठकले आगामी वर्षका लागि नमुना नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नमुना संसदको बैठक शुरुमा मर्यादापालक हरीप्रसाद डाँगीले संसद बैठक बस्ने जानकारी गराए लगत्तै उपसभामुख माया खड्का, महासचिव रुखलाल चौधरी संसद भवनभित्र छिरे ।
शुन्य समयमा उपसभामुखले माननीय सदस्यहरुलाई १ मिनेटमा आफ्नो भनाई राखिदिन आग्रह गरिन् । शुन्य समयमा माननीय सरु वलीले दंगीशरणका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नभएको र पर्याप्त मात्रामा खेलकुद सामाग्री नभएकाले शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराईन् ।
संसदको अभ्यास हुने गरी गठन भएको नमुना संसदको बैठक शनिबार दंगीशरणमा भएको हो । नमुना सांसदको बैठकले नमुना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीलाई आफ्नो स्थानमा आशन गर्न निर्देशन दिदै उपसभामुखले राष्ट्रपतिलाई युवा सरकारको ०७६÷७७ को युवा विकासका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न आग्रह गरिन् ।
राष्ट्रपति रमिता चौधरीले १५ मिनेटको समयमा संसदमा युवा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । त्यसपछि उपसभामुखको आग्रहमा ५ मिनेटको समयभित्र संसदमा उठेका सवालहरुको एकमुष्ठ रुपमा जवाफसहित सम्वोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेपछि राष्ट्रपति चक्रमिलन वलीले संसदमा सम्बोधन गरे ।
संसदमा उपसभामुखले ०७६÷७७ को नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने अनुमती माग्दै ‘हुन्छ भन्ने माननीय सदस्यहरुले हुन्छ र हुन्न भन्ने माननीय सदस्यहरुले हुन्न भन्नुहोला’ भन्दै अनुमती मागिन ।
निर्णयार्थ नीति तथा कार्यक्रमलाई प्रतिपक्ष दलका सांसदहरुले हुँदैन र सत्तापक्ष दलका सांसदहरुले हुन्छ भनेपछि हुन्छ भन्ने माननीयहरुको बहुमत धेरै भएकाले संसदमा प्रस्तुत भएको युवा नीति कार्यक्रम उपसभामुखबाट पारीत भएको घोषणा गरियो ।
नीति तथा कार्यक्रम पारित गर्दै उपसभामुखले प्रतिपक्ष दलका नेता खुशीराम चौधरीले आफ्नो भनाइ राख्दै पुनः सरकारको ध्यानाकर्षण गराए । संसद बैठकको अन्त्यमा प्रधामन्त्रीले सबै दलका नेतालाई धन्यवाद दिए ।
दंगीशरणमा शनिबार नमूना युवा सांसदले आयोजना गरेको दंगीशरण गाउँपालिकास्तरीय नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रममा युवाहरुले यस्तो गरेका हुन् ।
समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने नाराका साथ युवा सांसदले कार्यक्रमको आयोजना गरेको हो । प्रशासकीय प्रमुख चन्द्रकान्त पौडेल,
शिक्षा शाखा प्रमुख विनोद अधिकारी युवा परिषद दाङका अध्यक्ष सुरेस रावतले अबको नीति तथा कार्यक्रममा युवालाई समेटिनु पर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *