- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरनतिजामा आ–आफ्नो तर्क

नतिजामा आ–आफ्नो तर्क

- Advertisement -spot_img

एसईई परीक्षाको नतिजा भर्खरै मात्र सार्वजनिक भएको छ । विगतको तुलानामा निजी विद्यालयले शैक्षिक सुधार हुँदै गएको छ भने सामुदायिक विद्यालयमा कुनै फरक देखिएन् । दाङबाट नै सबै जिपिए ४ अंक निजी विद्यालयका विद्यार्थीले नै ल्याएका छन् । तर एसईई परीक्षामा सामुदायिक विद्यार्थीहरु धेरै सहभागी हुने नतिजामा सन्तोषजनक ग्रेड आएको छैन । दाङको शिक्षामा सुधार कस्तो छ ? ग्रेड प्रणालीले विद्यार्थी तथा अभिभावकहरुमा कस्तो परिवर्तन आएको छ ? भनेर हामीले प्रदेश टुडे राउण्ड टेवल स्तम्भमा हामीले यस विषयमा रहेर सम्बन्धित सरोकारवालाहरुलाई सोधेका छौं । 


स्थानीय तहले जिम्मा लिनुपर्छ्

सुरेशकुमार जोशी
प्रमुख
शिक्षा विकास तथा समन्वय इकाई

एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । दाङको समग्र शिक्षाको विषयमा कुरा सन्तोषजनक नै छ । तर सामुदायिक विद्यालयहरुले सुधार्नुपर्ने धेरै नै छ । अझै पनि ।
तर अन्य जिल्लाकोे तुलनामा दाङ नतिजा सन्तोषजनक नै हो । सबै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रको एसईईको नतिजा हेरिसक्नु भएको होला । अब त्यहि नतिजाको आधारमा शिक्षा सुधारोन्मुख भए नभएको बारेमा मूल्याकंन गरेर जिम्मा लिनु हुनेछ ।
शिक्षासम्बन्धी सबै स्थानीय तहलाई जिम्मा भईसकेको छ । त्यो विषयमा स्थानीय तहले नै जिम्मा लिनुपर्छ । हामीले समन्वय गर्ने मात्र हो । शिक्षाको अभियान, कार्ययोजना, काम, कारवाहीको जिम्मेवारी स्थानीय तहलाई गएको छ ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय सन्तोषजनक छैन् । तर यसलाई विगतको वर्षहरुमा हेर्ने हो भने सुधार भएको देखिन्छ । तर ग्रेड प्रणालीलाई हेर्ने हो भने प्रत्येक विषयलाई हेरिन्छ । ग्रेडिङ सुधार गर्न धेरै नै कसरत गर्नुपर्छ । सामुदायिक विद्यालयका छात्रछात्राहरुले पनि राम्रो ग्रेड ल्याएका छन् ।
यस्तै रुपमा सुधार हुँदै गयो भने सामुदायिक विद्यालयले नतिजा पनि सन्तोषजनक परिणाम आउँछ । ग्रेडिङ प्रणालीले विद्यार्थीहरुमा पढाइप्रति संवेदनशील बनाएको छ जस्तो लागेको छ । प्रत्येक विषयमा मेहनत गर्नुपर्छ, पढ्नु पर्छ भन्ने चेतना फैलाएको छ । पहिलो वर्षमा केही नकारात्मक भ्रम भएपनि ग्रेडिङ प्रणालीको विषयमा सकारात्मक पक्षहरु बढदै गएका छन् ।

विद्यालयबीच अन्तर धेरै

विजय जि.एम.
उपाध्यक्षः प्याब्सन, दाङ

२०७५ सालको एसईई परीक्षाको परीक्षाफल भर्खर प्रकाशित भएको छ । एसईई परीक्षामा जम्मा ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थीमध्ये ७१ सामुदायिक र २९ प्रतिशत निजी विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए ।
यो वर्षको नतिजा पनि अघिल्लो वर्षको तुलनामा खासै फरक छैन् । जिपीए १.६ देखि २.८ जिपीएसम्म ल्याउने धेरै छन्, २ लाख ७० हजार अर्थात् ५९ प्रतिशतभन्दा बढी छन् । करिब आधा लाख विद्यार्थीले १.६ जिपीएभन्दा कम ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना पाउँदैनन् ।
एसईई परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ७०.८४ र निजीका २९.१६ प्रतिशत विद्यार्थी छन् तर ३.० देखि ४.० जिपीए अर्थात् ए प्लस ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयका विद्यार्थी छन् ।
गत वर्षको तुलनामा जिपीएको मापदण्ड घटाउँदा पनि सामुदायिक विद्यालयको नतिजामा सुधार आउन सकेको देखिएन । यो वर्ष ३.६० देखि ४.० जिपीएलाई ए प्लस ग्रेड तोकिएको थियो ।
अघिल्लो वर्ष भने ए प्लस ल्याउनका लागि न्यूनतम जिपीए ३.६५ देखि ४.० तोकिएको थियो । यो वर्ष ए देखि डी गे्रड ल्याउन जिपीए गतवर्ष भन्दा ०.५ प्रतिशत घटाएको छ । ७० प्रतिशत विद्यार्थी अध्ययन गर्ने सामुदायिक शिक्षामा ३० प्रतिशत मात्रै योगदान देखिएको छ । यो नतिजा अत्यन्त लाजमर्दो कुरा हो ।
गे्रडिङ प्रणाली लागू भएपछि यो पटक सरकारी र निजी विद्यालयको रिजल्ट छुट्याएर हेर्दा सामुदायिक विद्यालयको नतिजा कमजोर हुँदै गएको प्रष्ट देखिएको छ । सामुदायिक विद्यालयतर्फ धेरै विद्यार्थीले सी र सी प्लस गे्रड ल्याएका छन् ।
सी ग्रेड ल्याउने विद्यार्थी ९० हजार ४५५ छन् भने सी प्लस ल्याउने विद्यार्थी ८७ हजार ४४२ विद्यार्थी छन् । निजीतर्फ सबैभन्दा बढी ३९ हजार ९१४ ए र ३७ हजार ३२५ विद्यार्थीले बी प्लस ल्याएका छन् ।
सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी बालुवामा पानी खन्याएको सरह भएको छ । सामुदायिक विद्यालयको हार्डवेयर र सफ्टवयर परिवर्तन नगर्ने हो भने अगामी दिनहरुमा सामुदायिक विद्यालयहरु सुधारको बाटोमा होईन झन धरायासी हुने सम्भावना छ ।
गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय शिक्षकको आवश्यक छ । विज्ञान र प्रविधिमा पोख्त युवा शिक्षक सामुदायिक विद्यालयको आवश्यकता हो । कुशल व्यवस्थापन सामुदायिक विद्यालयको आवश्यकता हो । राजनीतिकमुक्त क्षेत्र विद्यालय सामुदायिक विद्यालयको आवश्यकता हो । शिक्षाको यो अवस्थाले अनिवार्य र निःशुल्क शिक्षा असम्भव छ ।

सामुदायिकको नतिजा मध्यम

भोजराज न्यौपाने
उपाध्यक्ष
नेशनल प्याब्सन, दाङ

यस वर्षको एसईई परीक्षाको नतिजा मध्यम खालको देखियो । विगतका वर्षको एसईई परीक्षाको नतिजालाई तुलना गर्ने हो भने यो वर्षको एसईई परीक्षाको नतिजा सन्तोषजन होइन् । विशेषगरी सामुदायिक विद्यालयमा नतिजा चिन्ताजनक छ ।
सरकारले जति पनि सामुदायिक विद्यालयमा लगानी लगाएको छ । त्यो अनुसारको परिणाम आउन सकिरहेको छैन् । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि अझै पनि सुध्रिएको छैन् ।
जिल्लामा ७० प्रतिशत सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुन्छन् तर नतिजा निकै कम हुन्छ । त्यस्तै निजी विद्यालयबाट ३० प्रतिशत मात्रै विद्यार्थीहरु परीक्षामा सहभागी हुन्छन् । तर नतिजा राम्रो छ । धेरै विद्यार्थीहरुको नतिजा सन्तोषजनक नै छ । निजी विद्यालयको शिक्षा उपलब्धि सुधारोन्मुख नै छ ।
सामुदायिक विद्यालयमा एसईईबाट ०.८३ विद्यार्थीहरुले ए प्लस लिएका छन् । यो एक प्रतिशत मात्रै हो । निजी विद्यालयका छात्रछात्राहरुले निजी ९९ प्रतिशत ए प्लस ल्याएको देखिएको छ ।
सामुदायिक विद्यालयमा सि प्लस, डि, डि प्लस, ई ग्रेड ल्याउने विद्यार्थीहरु धेरै देखिए । यो सन्तोषजक विषय होइन् । यो विषयमा सबै शिक्षक, अभिभावक, विद्यार्थी अभिभावक र शिक्षा सरोकारवालाहरु सचेत हुन आवश्यक छ । समग्रमा भन्ने हो भने सामुदायिक विद्यालय प्रतिफल त्यति राम्रो देखिएन् । विगतको सामुदायिक विद्यालयको एसईई नतिजामा खासै फेरबदल भएको छैन् ।
सरकारले एसईईको परीक्षा ग्रेडिङ प्रणाली ल्याएपछि पठन संस्कृतिमा हराउँदै गएको होकी भन्ने मैले बुझेको छु । यसमा फेल पास भन्ने हुँदैन् ।
ग्रेडिङको आधारमा विद्यार्थीहरुको शैक्षिक मापन हुने हुँदा विद्यार्थीहरुमा नपढे पनि पास भई हाल्ने र ग्रेडिङको आधारमा माथिल्लो तहको लागि विद्यार्थी भर्ना हुने हुँदा विद्यार्थीहरुको पढाइ त्यति मेहनत गरेको देखिदैन् । विद्यार्थीहरु स्वतः पास हुन्छन् भन्ने विद्यार्थीहरुको मानसिकतामा छाप बसेको छ । त्यसलाई हटाउनुपर्छ ।
विद्यार्थीहरुलाई पठनपाठनमा ध्यान दिन जरुरी छ । नपढेर पास भईदैन भन्ने कुरा बुझ्नुपर्छ । त्यो बेलाको एसएलसी र अहिलेको एसईई धेरै भिन्नता छ । एसएलसीलाई आईरन गेटको रुपमा लिएर हाउगुजी फैलाइएको थियो । अहिलेको एसईईमा त्यो हाउगुजी हराएको छ । यो राम्रो पक्ष हो ।

सामुदायिक विद्यालय अझै सुधार्नु पर्छ

भागवत पौडेल
सचिव
नेपाल शिक्षक महासंघ, दाङ

सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख छ । सतप्रतिशत नतिजा नआए पनि यस वर्षको एसईईको नतिजालाई सुधारोन्मुखको रुपमा लिनुपर्छ ।
पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि विभिन्न शैक्षिक सुधारको लागि पनि विभिन्न अभियानहरु अगाडि सारेका छन् । त्यो सकारात्मक पक्ष हो ।
जसको कारण सामुदायिक विद्यालयमा शिक्षण सिकाइ अनि एसईई नतिजा सुधारोन्मुख देखिएको छ । स्थानीय सरकारले पनि सामुदायिक विद्यालयहरुलाई चासोको रुपमा निगरानी गरेको छ । विद्यालय व्यवस्थापन पनि प्रभावकारी बन्दै गएको छ । त्यसकारण सामुदायिक विद्यार्थीहरुको नतिजालाई सुधारोन्मुखको रुपमा लिएको हो ।
सामुदायिक विद्यालयको नतिजा एकैपटक पूर्णरुपमा सुधार हुन्छ भन्ने हुँदैन् तर क्रमशः सुधार हुने हो । एसईईमा ग्रेडिङ प्रणाली लागू भएपछि फेल हँुदैन भन्ने जुन मानसिकता थियो । त्यो मानसिकता पनि हराउँदै गएको हामीले पाएका छौँ ।
किनभने गत वर्षमा एसईईको परीक्षा दिएको र राम्रो गे्रड नआएपछि आफूले चाहेको विषय पढ्न पाइदो रहेनछ भन्ने बुझाई भएको छ । र यो एउटा सिकाइ पनि हो ।
पहिलेको समयमा विद्यार्थीहरु एसएलसीको मुखमा आएर परीक्षाको तयारी गर्थे भने एसईईमा चाहिँ शुरुदेखि नै परीक्षाको तयारी गर्न थालेका छन् ।
ग्रेडिङ प्रणालीमा गएपछि फेल भईदैन्, पुनः परीक्षा दिनुपर्दैन् भन्ने जुन मानसिकता थियो पनि हराएको छ । किन भने गत वर्ष विद्यार्थीहरुलाई बुझाउन नसक्दा उत्पन्न समस्या हो ।
ग्रेडिङ प्रणालीले कमजोर विद्यार्थीहरुमा पढने जाँगर तथा मनोबल बढ्दै गएको हामीले पाएका छांै । एसईईमा ग्रेडिङमा सुधार भएन भने आफूले चाहेको विषयमा पढ्न पाईदैन् भन्ने कुरा पनि बुझेका छन् विद्यार्थीहरुले । सामुदायिक विद्यालयहरुले पनि शैक्षिक सुधार गर्नको लागि बालमैत्री विद्यालय, पूर्वाधारहरु निर्माणलाई पनि ध्यान दिएका छन् ।
पठनपाठन सुधार गर्नको लागि अभिभावक शिक्षहरुका पनि चासोको रुपमा लिएका छन् । विद्यालयको पूर्वाधारहरुदेखि प्राविधिक विषयलाई पनि ध्यान दिएको छन् । समयको माग र विद्यार्थीहरुको रुचि अनुसारको पढाइ हुँदै आईरहेको छ ।
निजी विद्यालयको तुलानामा सामुदायिक विद्यालयको नतिजा राम्रो नहोला तर यसलाई सन्तोषजनको रुपमा लिनुपर्छ । एसईई परीक्षाको महत्व घटेको भन्ने एउटा भ्रम छ । त्यो गलत हो ।
एसईई परीक्षाको नतिजा आएपछि विद्यार्थीहरुले आफ्नो क्षमता अनुसारको विषय लिएर अगाडि बढ्न सक्ने र विद्यार्थीहरुले चाहेमा आफ्नो ग्रेड पनि सुधार्न सक्छन् । तर उनीहरुलाई सफल भएको, असक्षम भएको भने महशुस हुँदैन् ।

प्रत्येक विषयमा ग्रेड सुधार

विनय कुमार मिश्र
प्रदेश सल्लाहकारः प्याब्सन

हामी निजी विषयमा चासो राख्ने भएकाले निजी विद्यालयको यस वर्षको एसईई नतिजा सन्तोषजनक छ । यो वर्ष मात्रै होईन् विगतका वर्षहरुमा एसईईका परीक्षामा पनि विद्यार्थीहरुले सन्तोषजनक नतिजा ल्याएका छन् ।
अर्को खुशीको कुरा के भने सबैभन्दा बढी ग्रेड ४ यही दाङमा नै आएको छ । त्यसपछि ३.६ धेरैजसो निजी विद्यालयका छात्रछात्राहरुले ल्याउन सफल भएका छन् । यो पनि खुशीको कुरा हो । निजी विद्यालयमा धेरै विद्यार्थीहरुको ग्रेड सन्तोषजनक नै छ ।
ग्र्रेड प्र्रणाली आईसकेपछि विद्यार्थी र शिक्षकहरुमा झन मेहनत गर्नुपर्छ भन्ने शिक्षा दिएको छ । शुरुको समयमा ग्रेड प्रणालीमा नतिजा आउँदा विद्यार्थीहरु मेहनत नगरे पनि पास भईन्छ भन्ने भ्रम थियो । अहिले त्यस्तो छैन् ।
सबै विषयमा बराबर मेहनत गर्नुपर्ने रहेछ भन्ने शिक्षा प्रदान गरेको जस्तो लाग्छ । किनभने कुनै पनि विद्यार्थी एसईई पछि के विषयमा पढ्नको लागि ग्रेड मात्र ल्याएर हुँदैन् ।
त्यसभित्रका सबै विषयमा राम्रो ग्रेड ल्याउनुपर्छ र यो कुरा सबैले बुझ्न जरुरी छ । उच्च तहको लागि कुनै पनि विषय पढ्नु परेमा एउटा विषयमा कम ग्रेड आयो भने त्यो विषय पढ्नबाट नै वञ्चित हुनुपर्ने अवस्था छ ।
प्रमाणपत्रमा पास, फेल लेखिदैन् भनेर पढाइमा मेहनत नगर्ने भम्र अझै पनि छ । तर त्यसो हुँदैन् । यो ग्रेड प्रणाली एकदम जटिल छ । आफूले चाहेको विषय पढ्नको लागि सबै विषयमा राम्रो ग्रेड ल्याउनु पर्छ ।
एसएलसीमा पास हुनको लागि ३२ ल्याए पुग्थ्यो, अनि आफूले चाहेको विषयमा पढ्न पाईनथ्यो । तर अहिले राम्रो ग्रेड ल्याउनको लागि एउटा विषयमा ४० अंक ल्याउनै पर्छ ।
पहिलेको मौका परीक्षामा सुधार गरे पुग्थ्यो, अहिले सबै विषयमा सुधार गर्नुपर्छ । विषयतगत ग्रेड ल्याउका लागि कहिनेर पनि एक अंक पुगेन भने आफूले चाहेको विषय पढ्न नै पाईदैन् ।
त्यो अभिभाव र विद्यार्थीले पनि बुझ्न जरुरी छ । समग्रमा निजी विद्यालयको नतिजा सन्तोषजनक नै छ । ग्रेड सुधार गर्नको लागि विद्यार्थीहरुले प्रत्येक विषयमा ग्रेडप्रति ध्यान दिनुपर्छ । र त्यतिकै मेहनत गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here