- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयनगरमा द्वन्द्व नबढाऔं

नगरमा द्वन्द्व नबढाऔं

- Advertisement -spot_img

स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पछि दाङको तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीच द्वन्द्व भएको सार्वजनिक भएको छ । राजनीतिक रुपमा दुईधारमा विभाजन भएका जनप्रतिनिधिहरु अहिले आरोप–प्रत्यारोपमा जुटेका छन् । नगरका जिम्मेवार प्रतिनिधिहरु नगर प्रमुखदेखि प्रवक्तासम्म र विपक्षी वडा अध्यक्षहरु आरोप–प्रत्यारोपमा जुट्नुले आन्तरिक विवाद छताछुल्ल भएको छ ।
मंगलबार बसेको तुलसीपुर उपमहानगरपालिकाको ५३औं कार्यपालिका बैठकमा प्रस्तुत भएका एजेण्डा र कार्यपालिकाभित्रको गतिविधिलाई लिएर सार्वजनिक भएको असन्तुष्टी बुधबारसम्म आईपुग्दा आरोप–प्रत्यारोप हुँदै द्वन्द्वको अवस्थासम्म पुगेको छ । स्थानीय सरकारले जनप्रतिनिधिहरु बीच नै देखिएको यो विवादले राम्रो भने गर्ने छैन । यसमा नेकपाबाट निर्वाचित नगरप्रमुख लगायतका जनप्रतिनिधि र काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु जिम्मेवार बन्नुपर्छ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत छ । १९ वडा रहेको तुलसीपुरमा १० वडा अध्यक्ष जितेको काँग्रेस अल्पमतमा छ । अल्पमतमा भएका काँग्रेस वडा अध्यक्षहरुले नगर प्रमुखले समन्वय नगर्ने र पेलेर निर्णयहरु गराउन थालेको भन्दै विरोध गर्दै बहिस्कार गरेपछि नगर प्रमुखले आफ्नो अधिकार प्रयोग गरेको र नसोधेर पनि आफू निर्णयमा जान सक्ने प्रतिक्रिया पछि नगरका जनप्रतिनिधिको विवाद चुलिएको देखिन्छ । यो अवस्था आउनु राम्रो हैन ।
नगरको अभिभावक भनेको नगर प्रमुख हो । नगर प्रमुखले सबैलाई मिलाएर सम्मानको ब्यवहार गर्न सक्नुपर्छ । जनप्रतिनिधिहरु पार्टीका कार्यकर्ताभन्दा जनताका सेवक भएर जान सक्नुपर्छ । तर तुलसीपुर उपमहानगरपालिकामा त्यस्तो देखिएको छैन । बहिष्कार गरेका वडा अध्यक्षहरुको असन्तुष्टी मेटाउनु पर्नेमा प्रवक्ता मार्फत आएका अभिब्यक्तिले झन द्वन्द्व चिडाएको देखिन्छ । यो अवस्था ल्याउनुमा जिम्मेवार ब्यक्तिहरु नै अग्रसर हुँदा नगरको विकासमा समेत बाधा उत्पन्न हुनसक्छ ।
स्थानीय तहमा बहुमत र अल्पमत देखाएर विपक्षलाई पेल्दै जाँदा कार्य सञ्चालनमा सहयोगभन्दा बढी असहयोग आउनु स्वभाविक हुन्छ । त्यो अवस्था कहि कतैबाट पनि आउन नदिनु नै उत्तम हुन्छ । सत्य हो भने, आस्थाका आधारमै निर्वाचित अध्यक्षलाई दिएको जिम्मेवारी खोस्ने पनि राम्रो हैन ।
काँग्रेसका वडा अध्यक्षहरुले नगर प्रमुख माथि लगाएको आरोप र नगर प्रमुख र नगर प्रवक्ताले सार्वजनिक रुपमा बैठक बहिष्कार गर्ने अध्यक्षहरुमा लगाएको आरोप पुष्टि गर्नसके मात्रै यथार्थ सार्वजनिक हुनेछ । आरोप प्रत्यारोप गर्ने तर इख र राजनीतिक आधारमा मात्रै यसो गरिएको हो भने त्यसले अर्थ राख्न सक्दैन ।
तर जिम्मेवार पदधारण गरेका ब्यक्तिहरुले जथाभावी बोलेर आफ्नो विश्वास पनि गुमाउनु हुँदैन । तुलसीपुरमा अहिले देखिएको विवाद र जनप्रतिनिधिहरु बीचको द्वन्द्व समाधान गर्नतर्फ सबै लाग्नुपर्छ । आरोप प्रत्यारोपमा आएको योजनाहरुको अनियमितता र अन्य गतिविधिमा भएकोे अनियमितताको उचित छानबीन गरेर दोषीमाथि कारवाही गरिनुपर्छ । यदि गलत आरोप लगाउने प्रति पनि कारवाही गर्ने आँट नगरले गर्न सके गलत प्रवृतिहरु निस्तेज हुँदै जाने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here