- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारधेरैलाई जिम्मेवारी दिदा सशक्त

धेरैलाई जिम्मेवारी दिदा सशक्त

- Advertisement -spot_img

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाले संगठन विस्तारको काम लामो समयपछि गाउँतहसम्म पु¥याउन थालेको छ । नेकपाले दाङमा जिल्ला हुँदै स्थानीय तहसम्म नेतृत्व टुङ्गो लगाएको छ भने वडास्तरमा टुङ्गो लगाउने तयारी गरेको छ तर संगठन विस्तार हुँदै जाँदा विभिन्न असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमै असन्तुष्टि पोखिएपछि नेकपा दाङभित्रको आन्तरिक विवाद बाहिरसम्म आएको छ । खासगरी जिल्ला नेतृत्व टुङ्गिसकेपछि निस्किएका आवाजहरुले नेकपाको पार्टीभित्रै असन्तुष्टि देखिएको प्रष्ट भएको छ ।
देशकै ठूलो पार्टीको रुपमा रहेको नेकपामा नेतृत्व बाँडफाँडमा देखिएका असन्तुष्टि बाहिर आउनुले फेरी कतै यसले पार्टी फुटसम्म पुग्ने त होइन् आम चासोको विषय बनेको छ । पार्टीमा देखिएको विवादको समस्या समाधान गर्न नेतृत्वलाई ‘नखाम त दिनभरीको सिकार–खाम त कान्छा बा को अनुहार’ जस्तै भएको छ ।
ठूला दुई पार्टीका नेतृत्वलाई एक बनाउँदै गर्दा पदको जिम्मेवारी बाँडफाँडमा समस्या देखिने गरेको छ । नेकपा दाङ अहिले १ सय ५५ सदस्यीय छ । सबैलाई सन्तुष्टि बनाउन नेकपाले सदस्यको संख्या बढाए पनि किन अझै पनि असन्तुष्टि कायम छ त ?
पार्टीका नेतृत्वले स्वभाविक रूपमा लिए पनि पार्टीले परिवारभित्रका असन्तुष्टिलाई परिवारभित्रै समस्या समाधान गर्नुपर्छ तर त्यसभित्र पनि समस्या देखिने गरेको छ । नेकपाले विवाद मिलाउन नौ जनासम्म इञ्चार्ज, सहइञ्चार्जसम्म तोकिएपछि पनि यसको पनि चर्चा परिचर्चा भएको छ ।
कतै विरोध, कतै समर्थन देखिए पनि अधिकांशले इञ्जार्ज, सहइञ्चार्जको जिम्मा किन यति धेरैलाई भन्ने प्रश्न गरेका छन् ? नेकपाको जिल्ला नेतृत्वमा विवाद किन ? के असन्तुष्ट आवाजहरु सम्बोधन हुन्छन् त ? नेकपाको नेतृत्वमा कार्यकर्तादेखि नेतासम्म देखिएका असन्तुष्टीहरु कसरी सम्बोधन हुन्छन त ? प्रदेश टुडे दैनिकको नियमित स्तम्भ राउण्ड टेवलमा आज नेकपाका केही नेतासँगको कुराकानीको सारसंक्षेप ।

जीवन गौतम
इञ्चार्ज
नेकपा दाङ

दूई ठूला कम्युनिष्ट पार्टीमा नेताहरुको पनि ठूलो संख्या छ तर हामी नीति र विधिअनुसार कमिटीका संख्या तोकेका छौँ । दुबै दलका नेतालाई समेटेर जाने बेलामा कहि कतै असन्तुष्टि देखियो होला ।
एउटै पार्टी हुँदा पनि त असन्तुष्टि थियो । दुई ठूला पार्टीहरु एक भएर आउँदाखेरी झन नहुने कुरा भएन् । अहिले जिम्मेवारी घट्यो, चाहे पूर्व एमालेको कुरा गर्नुस्, चाहे पूर्व माओवादीका नेताको कुरा गर्नुस् । हिजो जिम्मेवारी पाएका नेताहरुको आज जिम्मेवारी घट्दाखेरी असन्तुष्ट हुनु स्वभाविक हो । केहि नेतामा देखिएका असन्तुष्टिलाई जतिसक्यो सम्बोधन गर्ने प्रयास गरेका छौँ ।
अर्को कुरा त्यसलाई समाधान गर्नका लागि पार्टी नेतृत्व सचेत छ कि छैन् भन्ने ठूलो कुरा हो । एउटा कुरा भन्छु नेकपामा देखिएका सानातिना असन्तुष्टिले सिङ्गो दाङको कम्युनिष्ट आन्दोलनलाई प्रभावित बनाउने भन्ने छैन् ।
अर्को कुरा नेतृत्व पंक्ति सचेत छ । अहिले पनि प्रदेशदेखि लिएर जिल्ला नेतृत्वमा पनि जिम्मेवारी दिन बाँकी छ । जिम्मेवारी बाँडफाँडसँगै पार्टी सदस्यताको कुरालाई गाउँतहसम्म पु¥याउने योजनासहित लागेका छौँ । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन गछौँ ।
संविधानले भनेको समाजवादको आधार निर्माण गर्ने, पुँजीवादी विकासवादको कार्यभार पूरा गर्दै जाँदा समाजवादको आधार निर्माण भएको क्रममा नेपालका कम्युनिष्ट नै एकतावद्ध हुनु जरुरी छ । विगतका के भयो भने कम्युनिष्ट एकआपसमा लड्ने र तेस्रो पक्षले फाइदा लिने भएको थियो तर अहिलेको अवस्थामा त्यो हुने कुरा आउँदैन् ।
नेपालमा दुई ठूला पार्टी एकीकरण भइसकेको अवस्थामा अहिले फुट र गुटको समस्या हुँदैन् । इञ्र्चाजको टिम जम्बो भयो भन्ने गुनासो छैन्, खै मलाई त केहि त्यस्तो कुरा भनेको छैनन् ।
नेतृत्वमा धेरै जनालाई जिम्मेवारी दिँदा झनै हामीहरु शक्तिशाली भएका छौँ । किनभने सबैलाई जिम्मेवारी आइसकेपछि नेकपाले संगठन विस्तारलगायतका कुरालाई कसरी बलियो बनाउने भन्नेतर्फ लागेको छ । इञ्चार्ज र सहइञ्चार्ज गरेर अहिले १० जना छौँ । यसमा खासै कुरा उठाइरहनुपर्ने प्रसंग देख्दिन् ।
हामीसँग भएका केन्द्रीय सदस्यहरुलाई पार्टीले कार्य विभाजन गर्ने समयमा विभिन्न जिम्मेवारी दिएको छ । यसले पनि दङ्गाली कम्युनिष्ट आन्दोलन झनै सशक्त बन्छ भन्ने लाग्छ । सबैले काम गर्ने ठाउँ दाङ हो ।
कोहि इञ्चार्ज कोहि सहइञ्चार्जको रुपमा होला आखिर जसले जे गरेपनि हामीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो । जनताका आधारभूत आवश्यकतालाई क्रमशः सम्बोधन गर्दै जाने हो । हामीसँग भएका १० जना केन्द्रीय सदस्य नै इञ्चार्ज र सहइञ्चार्ज हुनुहुन्छ । यसले मलाई के लाग्छ भने झन् निकै सकारात्मक भूमिका खेल्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here