धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता

फिचर मुख्य खबर

शान्तिनगर, १७ जेठ । दाङको शान्तिनगर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी,
उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीलगायतका वडाका जनप्रतिनिधि र कर्मचारीले सरकार ल्याएको स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियानलाई धुम्रपान तथा मद्यपान नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
शान्तिगनगरमा बिहीबार भएको एकदिने स्वास्थ्य कार्यशाला गोष्ठीमा सहभागी जनप्रतिनिधिले आफू, आफ्नो परिवार र समाजलाई स्वस्थ बनाउन सकेमात्रै चाहेको समृद्धि प्राप्त गर्न सकिने भन्दै धुम्रपान तथा मद्यपान आफू पनि नगर्ने समाजमा पनि यसको नियमन गर्ने र स्वस्थ रहनका लागि आवश्यक पर्ने खानपान, खेलकुदलगायतका काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गोष्ठीमा गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले स्वस्थ नागरिक उत्पादनका लागि आवश्यक पर्ने मापदण्ड आफू, परिवार र समाजलाई लागु गराउने प्रतिवद्धता जनाए ।
‘नागरिक स्वस्थ हुन सकेमात्र गाउँपालिकामा अन्य विकास सम्भव हुन्छ’ उनले भने ‘हामी पनि सानो भए पनि सरकार हो, ठूलो सरकारले स्वस्थ नागरिक बनाउने अभियानमा हामी पनि छौँ ।
गोष्ठीमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले व्यस्त जीवनशैली र तनावपूर्ण कामका कारण मानिसहरु रोगी बन्दै गएको बताए । उनले मधुमेह तथा क्यान्सरजस्ता रोगबाट बच्न सकिने उपायका बारेमा जानकारी दिँदै सरकारले ल्याएको स्वास्थ्य प्रर्वद्धन मेरो वर्ष अभियानलाई सफल बनाउन गाउँपालिकाका जनप्रतिनीधि तथा कर्मचारीलाई अनुरोध गरे ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले सरकारले समृद्धिका लागि स्वस्थ नागरिक उत्पादनमा लागेको बताए । उनले सरकारको अभियानलाई सफल बनाउन आफु प्रतिवद्ध रहेको बताए ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीलगायतले बोल्दै स्वस्थ नागरिक उत्पादनमा साथ रहेको बताए ।
स्वास्थ्य सहसंयोजक घनश्याम पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख हरि पुनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *