धार्मिक विकासका लागि पहल गर्ने्

मुख्य खबर समाज

देउखुरी, २१ फागुन । लमही नगरपालिका वडा नम्बर ८ मा रहेको टेङ्नैया बाबा धार्मिक धामलाई ब्यवस्थापन गर्नका लागि प्रदेशसभा बैठकमा आवाज उठाउने प्रदेश सभा सदस्य रेवती रमण शर्माले बताए । टेङ्नैया बाबा धार्मिक विकास समितिले सोमबार त्यहाँ आयोजित साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सभासद शर्माले यस्तो बताए ।
समृद्धिसँग जोडिएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । यस धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले डिपिआर तयार पारेर धामको विकासको लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न प्रदेश सरकारले ध्यान दिने भन्दै यो ठाउँको महत्वको प्रचारप्रसारसँगै विकासमा सबैले ध्यान दिनुपर्ने सभासद शर्माले बताए ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासेले टेङ्नैया बाबा धार्मिक धामको विकासका लागि नगरपालिकाले पनि गुरुयोजना बनाएर काम शुरु गर्ने बताइन् । प्रत्येक बर्ष नगरपालिकाबाट बजेट विनियोजन हुँदा यो धार्मिकस्थलको महङ्खव बुझेर वडामार्फत बजेट माग गरे आफूहरुलाई पनि रकम अलग्याउन सहज हुने बताइन् । पूर्व पश्चिम राजमार्गदेखि झन्डै तीन किलोमीटर उत्तरतर्फ चुरेको काखमा रहेको टेङ्नैया बाबा धार्मिक धामले पौराणिक कथा बोकेको स्थानीय दिक्पाल योगी बताउँछन् ।
त्यस्तै परापूर्व कालमा पाण्डवहरु उत्तरापन्थको बाटो भएर स्वर्ग जाने क्रममा त्यसै ठाउँमा बास बसेको र अर्को दिन दाङको धारापानी हुँदै प्यूठानको स्वर्गद्वारी गएको भन्ने जनविश्वास रहेको सचिव यादवनाथ योगीले बताए ।
यो गुफा खोलाको किनारमा रहेको छ हरेक बर्ष यहाँ मेला लाग्ने गर्दछ । बर्षामा जति ठूलो खहरे खोला आए पनि गुफा भएको स्थानमा पानी नपस्ने टेङ्नैया बाबा गुफाको अर्को महङ्खवपूर्ण विशेषता रहेको छ । महाशिवरात्री पर्वको अवसरमा देउखुरीका सोमैथान, जंगलकुटी, जखेरा ताल, रिहारलगायतका धार्मिक स्थलमा मेला लाग्ने गर्दछ भने हजारौ भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
कार्यक्रममा टेङ्नैया बाबा धार्मिक विकास समितिका सचिव यादवनाथ योगीले त्यहाँको ऐतिहासिक चिनारीका बारेमा प्रकाश पारेका थिए । वडा नम्बर ८ का वडा सदस्य नारायणी खड्का, शिवशक्ति सामुदायिक वन समितिका अध्यक्ष जनक बुढा, पत्रकार दशरथ घिमिरे, शिवराज खनाललगायतले बोलेका थिए । टेङ्नैया बाबा धार्मिक विकास समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *