धान रोपियो, सिंचाईको टुङ्गो छैन्

फिचर मुख्य खबर समाज

कन्जुवारमा धान दिवस …
तुलसीपुर, १५ असार । वरपर सुख्खा जमिन छ, धान खेतीका लागि किसान आकासे पानीको पर्खाईमा छन् तर राष्ट्रिय धान दिवसका अवसरमा करिब १८ कठ्ठा जमिन ४८ घण्टासम्म लिफ्टिङमार्फत सिंचाई गरेर असार १५ का लागि राष्ट्रिय धान दिवस मनाउनका लागि तयार पारियो ।
आइतबार तुलसीपुर उपमहानगरको कृषि शाखाको आयोजनामा राष्ट्रिय धान दिवसका लागि २ दिन लगाएर सिंचाई गरेको जग्गामा रोपाई हुँदा अन्य वरपरका खेत भने पानीको पर्खाईमा रहेका थिए ।
करिब १८ कटठा जमिनलाई यो वर्ष धान दिवसले छोयो तर अरु खेत भने पानीको पर्खाईमा रहेका छन् । रोपाई भईरहेको नजिकैका स्थानीय खिमा चलाउनेले भनिन् ‘साउनमा रोपिने खेत अहिले त असार १५ मै रोपियो तर हामीलगायत अरु सबैको खेत यी आफै हेर्नुस्, पानी नहुँदा ब्याड नै जोगाउन धौ–धौ भएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा अधिकांश ठाउँमा सिंचाईको सुविधा नहुँदा असार १५ सम्म पनि उल्लेख्य रुपमा खेतमा रोपाई हुन सकेको छैन् । वर्षौदेखि किसानले यस्तै समस्या भोग्दै आएका छन् । पानीको अभावमा सधैँ पिरोल्ने गरेको त छ नै यो वर्ष झनै मल अभाव हुँदा किसान चिन्तित भएका छन् ।
यसैबीच तुलसीपुर–१५ कन्जुवारमा पनि विभिन्न कार्यक्रम गरेर राष्ट्रिय धान दिवस मनाईएको छ । ‘खेतीमा प्रविधि र यान्त्रिकरणः चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ १६औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।

आइतबार तुलसीपुर उपमहानगरको कृषि शाखाको आयोजनामा राष्ट्रिय धान दिवसका लागि २ दिन लगाएर सिंचाई गरेको जग्गामा रोपाई हुँदा अन्य वरपरका खेत भने पानीको पर्खाईमा रहेका थिए ।

दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्य, उपमहानगरपालिका कृषि शाखाका प्रमुख कुलराज चौधरीलगायत कार्यपालिकाका सदस्यले धान रोपेका हुन् ।
दिवसको अवसरमा कन्जुवारमा गरिएको कार्यक्रममा नगरप्रमुख पाण्डेले किसानलाई विदेशी धानको बीउ बाँड्नुभन्दा पनि स्वदेशमै किसान स्वयम् बीउ उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले उपमहानगरपालिकाको कृषि शाखालाई विदेशी बीउ किसानलाई दिने भन्दा पनि स्वदेशी उत्पादन गर्नतिर किसानलाई जागरुक बनाउन आग्रह गरे ।
उनले दाङमा आवश्यक रासायनिक मल अभाव रहेको उल्लेख गर्दै मलको सहजताका लागि आफूहरु पहल गरिरहेको बताए । उनले किसानलाई रासायनिक मलको सहज आपूर्ति गराउनु सरकारको दायित्व भएको भन्दै किसानले रासायनिक मलभन्दा पनि जैवीक मलको प्रयोगमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा कृषि शाखा प्रमुख कुलराज चौधरीले तुलसीपुर उपमहानगरपालिका अधिकांश ठाउँ सिंचाईको अभावमा रहेको बताए । उनले यस वर्ष ढिलागरी वर्षात् भएका कारण रोपाई केही ठाउँमा मात्रै शुरुवात भएको बताए ।
तुलसीपुर उपममहानगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कृषिको व्यवसायीकरणका यान्त्रिकीकरणको विकल्प नरहेको बताए ।
पश्चिमा कृषि तथा भैसीफर्म तुलसीपुर–१५ कन्जुवारको सहयोगमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाको आयोजनामा दिवस मनाईएको हो । कन्जुवारमा रहेको करिब १८ कठ्ठा जमिनमा लिप्ट सिंचाई गरेर धान रोपिएको हो । कार्यक्रमको सहजीकरण जानका रेग्मीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *