- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयधान दिवसको औचित्य

धान दिवसको औचित्य

- Advertisement -spot_img

हरेक वर्षको असारे १५ लाई राष्ट्रिय धान दिवस मनाइन्छ । कृषि प्रधान देश नेपाललाई कृषिमा चिनाउले उद्देश्य धान दिवसले लिएको छ । हरेक वर्ष धान दिवस मनाइन्छ ।
तर त्यसको सार्थकताको बारेमा न त बहर हुन्छ न त पुष्ट्याई नै गरिन्छ । सुझाव आउँछ अर्काे वर्षको अवस्था त्यहि नै देखिन्छ । कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिको भाषण कहिलै छुट्दैन ।
आयातमा न्यूनीकरण । बाझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं । कृषि प्रधान देशका नागरिकको हातमा अहिले कृषिभन्दा पनि पासपोर्ट मोह बढी देखिएको छ ।
जुन नेपाली स्वाभिमान अनि कृषि कर्मको आदर्शविरुद्ध हो । नेपालको कुल धान खेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याङ्कले देखाउँछ ।
राष्ट्रिय धान दिवस मनाई रहदा खड्किने कुरा भने नेपालीको कृषिप्रतिको विश्वास बढाउन देखिएको चुनौति हो । अब नेपालीहरुमा कृषि कर्मप्रतिको एउटा अठोटको खाँचो छ ।
खेती गरिने हजारौ हेक्टर जमिन प्लटिङले बर्षेनी घटाउँदै गएको छ । कृषि आकर्षणको पेशा बन्न नसक्दा कृषि प्रणालीलाई अबलम्वन नगर्ने जमात पनि त्यत्तिकै छ ।
दश वर्ष अगाडि जति धान खेतीमा नागरिकहरु सक्रिय थिए त्यो अहिले घटि सकेको छ । उपाय र विकल्प नभएकाहरु मात्रै कृषिमा अल्झिएको देखिन्छ । नेपाल कृषि प्रधान देश भनिए पनि त्यसको सार्थकता भेटिदैन ।
न सबै कृषिमा लागेका छन्, न त कृषिमा लाग्ने वातावरण नै राज्यले बनाई दिएको छ । किसानहरुकै शब्दमा ५० काटेका मात्रै अहिले कृषि पेशामा लागेका छन् । त्यो भन्दा कम उमेरकाले कृषि पेशा छोडिसके ।
युवाशक्ति जम्मै विदेश पलाइन भइसकेका छन् । त्यो अवस्था आउनुको कारण हो कृषिमा भविष्य नदेखिनु, राज्यले कृषिमा प्राथामिकतामा नराख्नु, यान्त्रिकरणमा जोड हुनु नै हो । कृषिलाई आधुनिकीकरण गर्ने समेका देश कृषिबाटै फेरिने पक्का छ ।
असार पन्ध्रको नाममा खेतमा गएर नौटङ्की गरेर मात्रै केही हुँदैन । बास्तविक किसानको मर्का राज्यका पदाधिकारी र जनप्रतिनिधिहरुले बुझेर जान सकेका मात्रै यसको सार्थकता र औचित्य पुष्टि हुने देखिन्छ ।
दिवसमा हिलो खेलेर र धान रोपेको फोटो सार्वजनिक गरेर मात्रै कृषिले प्राथामिकता पाउँदैन । कृषिलाई यान्त्रिकरण गरेर कृषिमा आधुनिकता अबको आवश्यकता हो ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यो विषयमा गम्भीर रुपमा सोचेर नयाँ अवधारणा कृषिमा ल्याउन सक्नुपर्छ । एक दिन धान दिवस मनाएर कृषि क्रान्ति हुन सक्दैन । ३ सय ६५ दिन नै कृषिमा लाग्ने प्रेरणा राज्यबाट हुन जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here