धानको विउ वितरणमा सिफारीस

मुख्य खबर

तुलसीपुर, २८ जेठ  । किसानहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले यस वर्ष विभिन्न नौ वटा जातको धानको विउ सिफारिस गरेको छ ।
गत वर्ष जस्तै यो वर्षपनी शाखाले कृषकहरुलाई उन्नत जातका विभिन्न प्रकारका धानको विउ वितरणमा सिफारिस गरेको हो । शाखाका प्रमुख कुलराज चौधरीका अनुसार सिफारिस गरिएका विउमा सावित्री, रामधान, सावा मन्सुली, सव (१), राधा चार, सुख्खा १, सुख्खा २ सुख्खा ३ उन्नत् जात रहेका छन् ।
शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा ती धानको विउहरु वितरण गरेको छ । यसरी सिफारिस गरिएको विउमा शाखाले अहिलेसम्म ६३ क्वीन्टल विउ वितरण गरि सकेको छ । शाखा प्रमुख चौधरीका अनुसार कृषकहरुले सबै भन्दा बढीे अनुदानमा सावा मन्सुली ३० क्वीन्टल विउ लगेका छन् ।
त्यसैगरि सुख्खा १, २, ३  १७ क्वीन्टल वितरण गरिएको छ भने अन्य विउ गरि १६ क्वीन्टल विउ वितरण गरिएको छ । शाखाले अन्य किसानलाई भने सूचीकृत भएका धानको विउ मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
किसानहरुको माग अनुसार शाखाले पनि साँवा मन्सुली जातको धानको विउ बढी मात्रमा राखिएको चौधरीले बताए । उन्नत जात तथा उत्पादन पनि राम्रो हुने भएकाले साँवा मन्सुली धानको विउ किसानहरुले रोप्ने गरेको उनको भनाई छ  ।
अन्य ९८ जातका धानका विउ वितरणको लागि शाखामा उपलव्ध भएको भएपनि कृषकहरुको रोजाईमा रहेका ९ जातका धानका विउहरु मात्र वितरणका लागी सिफारिस गरिएको चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *