- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeराजनीतिधर्म निरपेक्षको नाममा आस्थाको दुरुपयोग नहोस्

धर्म निरपेक्षको नाममा आस्थाको दुरुपयोग नहोस्

- Advertisement -spot_img

धर्म शक्ति हो, धर्म अनुशासन हो, धर्म पहिचान हो, धर्म संस्कृति हो, धर्म परम्परा हो र धर्म धारण गर्ने एक पवित्र बन्धन हो । यो कहिल्यै पनि कोही कसैका लागि बाधक बन्दैन । धर्म हिजो पनि बाधन थिएन । धर्म आज पनि बाधक छैन र धर्म भोलि पनि बाधक बन्नेवाला छैन । धर्म गर्नेका लागि पनि मौन छ र धर्म नगर्नेका लागि पनि मौन छ । यो कसैका लागि हस्तक्षेपकारी भूमिकामा छैन । धर्म एक अदृश्यमय शक्ति हो । धर्म एक आस्था हो । धर्म एक विश्वास हो । धर्मले कोही कसैको केही बिगारेको थिएन र बिगार्नेवाला पनि थिएन । तर के भएर हो कुन्नी राजनीतिमा यसलाई पनि परिवर्तनको एजेण्डामा राखियो । हिजो धर्म सापेक्ष हुँदा पनि धार्मिक स्वतन्त्रता थियो नै । धर्मले कसैलाई पनि अंकुश लगाएको थिएन । प्रजातन्त्र र स्वतन्त्रताको नाममा धर्मलाई पनि राजनीतिक आधार मानेर धर्म निरपेक्ष मुलुक भनेर घोषणा गरियो ।
जे होस् हामी सबैले जानेको र थाहा पाएको कुरा के हो भने सबै धर्मका मूलमर्म समान छन् । सबै धर्मले अहिंसाको बाटो देखाउँछन् । सबै धर्मले सत्कर्म र सत्मार्गको कुरा सिकाउँछन् । सबै धर्मले परोपकाराी र लोक कल्याणकारी बन्ने प्रेरणा प्रदान गर्छन् । सबै धर्मले दया र करुणाको भाव प्रकट गर्न शिक्षा दिन्छन् । सबै धर्मले शान्ति स्थापित गर्न बारम्बार हौसला प्रदान गर्छन् । धर्म अनेक भए पनि आदर्श र सिद्धान्त एक छन् । कुनै पनि धर्मले यो खा ! त्यो खा ! यो गर ! त्यो गर ! भनेर अप्रिय र अनैतिक बाटो देखाउँदैन । हामी नबुझेर वा नजानेर हाम्रो सोंच र विचारलाई फराकिलो नपारेर यो गाई खाने धर्म हो भनेको सुनेका छौँ र बुझेका छौ । तर कोही धर्म र धार्मिक ग्रन्थले भन्दै कि तिमीले गाई खाऊ, तिमीले गोरु खाऊ, तिमीले भैंसी खाऊ, तिमीले राँगो खाऊ, तिमीले बाख्रो खाऊ । तिमीले बोको खाऊ, तिमीले कुखुरा खाऊ, तिमीले हाँस खाऊ, तिमीले परेवा खाऊ, तिमीले सुंगुर खाऊ, तिमीले बंगुर खाऊ । जसले जे खान्छ त्यो उसको नितान्त व्यक्तिगत इच्छा, चाहना र स्वतन्त्रता हो । धर्मको नामसँगै र धर्मको अनुयायी जातजातिसँग कुनै पनि धर्मले यो वा त्यो पशुपंक्षीको बध गर्नु र त्यसको मासु, रगत खानु भनेको छैन । हिंसा गर्ने, हिंसक बन्ने, अधर्म गर्ने र कुकर्ममा लाग्ने मानिसभित्रको नकारात्मक सोंच र नकारात्मक भावना हो । म हिन्दू धर्म मान्छु र यसको मासु खान्छु, म इस्लाम धर्म मान्छु र उसको मासु खान्छु, यो त केवल सुहाउँदै नसुहाउने कुरा हुन् । धर्म भनेको असल बाटो सिकाउने तत्व र ज्ञान हो । मानिस आफ्नो धर्म परिवर्तन गर्न सक्दैन । मानिसले आफ्नो धर्म फेर्न सक्दैन । मानिस जुन धर्मको आस्था र विश्वासको भू–मण्डलमा जन्मियो ऊ त्यही धर्मको व्यक्ति नै हुन्छ । एउटी महिलाले पुरुषको कपडा पहिरिदैमा ऊ वास्तविक पुरुष बन्न सक्छे । त्यस्तै एउटा पुरुषले महिलाको कपडा पहिरिदैमा वास्तविक महिला बन्न सक्छ ? कदापि र किमार्थ सक्दैनन् । त्यो आवरण, त्यो खोल, त्यो रुप र त्यो स्वरुप केवल क्षणिक परिवर्तनको आभाष, भ्रम र अभिनय मात्र हो । त्यसैले पनि हामी जुन धर्मको आवरणले ढाकिएपनि र जुन धर्मको खोलले छोपिए पनि हाम्रो पहिचान र हाम्रो वास्तविकता त्यहि हो जुन हाम्रो सनातन र परम्परा हो । हाम्रो सनातनलाई हामी कदापि मेट्न सक्दैनौँ ।
हाम्रो परम्परालाई कदापि मास्न र नास्न सक्दैनौँ । भलै हामी जुनसुकै नाटक र अभिनय गरौँला । हाम्रो हिन्दू धर्म निकै नै फराकिलो र विस्तारित छ । यसले हिन्दूवादीलाई मात्र पृष्ठपोषण गर्दैन । जुनसुकै धर्म र आस्था बोकेका आम प्राणी जगतलाई पृष्ठपोषण गर्दछ । त्यसैले पनि हाम्रो धर्मको मूलमन्त्र नै यस्तो छः ‘सर्वेभवन्तु सुखीन, सर्वेसन्तु निरामया, सर्वेभद्राणी पश्यन्तु, माकश्चित दुःखभाग्जनः’ हाम्रो धर्मले हिन्दूमात्र सुखी हऊन् । हिन्दूमात्र खुशी हऊ । हिन्दूमात्र सन्तोषी हऊन् । हिन्दूमात्र समृद्धि हऊन् । हिन्दू मात्र शान्ति हऊन् भनेको छैन । यसले अर्थात हाम्रो हाम्रो हिन्दू धर्मले मानव जाति, जीवजन्तु, पशुपंक्षी, किटपतंग, वन–जंगल, खोलानाला लगायत सिंगो संसार तथा सिंगो प्रकृतिको नै संरक्षण र सम्वद्र्धनको भाषा र बोली व्यक्त गरिरहेको हुन्छ ।

धर्म निरपेक्षको नाममा इतिहासलाई पुरेर वर्तमान सजाउन खोजियो र कोसिस गरियो भने यसको दर्द र पीडा जनतालाई भन्दा नेतालाई नै हुनेछ । यतिबेला नेताहरु मन मुटुमा जे–जे भएता पनि हामी आमनागरिकका मन मुटुमा धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता हो भन्ने ढंगले बुझेका छौँ । यसको व्यापार, यसको किनबेच, यसको मोलतोल, यसको हिसाब–किताब, यसको नाफा–घाटा, यसको शक्ति–भक्ति तथा यसको घातप्रतिघातका रुपमा हामी किमार्थ सोच्न र अनुमान गर्न सक्दैनौँ ।


यस्तो सबैका लागि बोल्ने र सबैका लागि शक्तिदायक हुने धर्मलाई धर्म निरपेक्षको नाम ओझेलमा पार्नु किमार्थ सत्कर्म होइन । हामीलाई धर्म मान्न पनि छुट छ । हामीलाई धर्म नमान्न पनि छुट छ, तर हामीलाई हिन्दू धर्म नमान्ने खेल खेलाउन र हिन्दू धर्म हाम्रो पहिचानको धर्म नमान्नने प्रपञ्च र जाल रच्न कसैलाई पनि छुट छैन । हामीलाई थाहा छ; हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसंस्कृत, बहुजातिक र बहुआलंकारिक देश हो । यो देशमा सबै धर्म, जात, वर्ग, भेषभूषा, रहनसहन, संस्कृति तथा परम्पराले सम्मान र स्वागत पाउँछन् तर सबैलाई सम्मान र स्वागत गर्ने नाममा आफ्नो नाम नै गुमनाम पार्न चाहिँ कदापि चाहन्नौँ । त्यो हामीले चाहेर पनि हुनेवाला छैन । हामी सबै धर्मालम्बीहरुसँग हातमा हात र काँधमा काँध मिलाउन तयार छौँ । हामी सबै धर्मालम्बीहरुको उत्सव, महोत्सव तथ कार्यक्रम समान सहभागी हुन खुशी र तयार छौँ । हामी सबै धर्मालम्बीहरुको चैत्य, गुम्बा, मस्जीद, गिरिजाघर आदिमा जान र आफ्नो भक्तिभाव प्रकट गर्न तयार छौँ । तर सहभागिताको नाममा लोभ, लालच, ईश्या, द्वेष, आग्रह विग्रहमा फसेर र पसेर आफ्नो सत्यता लुकाउन र छिपाउन चाहन्नौँ । हाम्रो सत्यता जहाँ गएपनि लुक्दैन र छिप्दैन ।
एउटा गाईलाई सय वर्षसम्म भैसीका बथानमा बाँधेर पाले पनि उसले बोल्ने आवाज र उसले खाने आहारा भैसीको जस्तै बनाउन र बन्न सक्दैन । अर्थात् गाईले आफ्नोपन भुल्न र बिर्सन सक्दैन । यो धार्मिक पहिचान पनि त्यस्तै र समान हो । हामीले राजनीतिको आडमा, प्रजातन्त्रको आडमा, लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा र नयाँ नेपालको आडमा धर्मलाई परितर्वनको एजेण्डा बनाएर र धर्मलाई स्वतन्त्रताको दस्तावेज बनाएर जे गर्न खोजिएको छ, त्यो सदुपयोगका लागि मात्र ठीक छ । यदि यसको दुरुपयोग भयो र हुन लाग्यो भने यही धर्मले नै कसैलाई सद्बुद्धि प्रदान गर्ने छैन । जनआन्दोलनको आँधी हुरीमा गहुँ पिसिने बेला घुन पिसिएझै राजनीतिक थुप्रै एजेण्डा परिवर्तन गर्नेबेला कसैले पनि थाहै नपाई जो धर्म निरपेक्ष राखियो यसले आकाशै खसेको त छैन । धर्म सापेक्ष राखेको भए पनि आजको धार्मिक स्वतन्त्रता कुनै रतीभर कुण्ठित हुने थिएन । तर पनि जे जसरी र जो जसरी परिबन्धमा परेर वा परिवन्धमा फसेर यो काम गरियो त्यो त्यत्तिमा मात्र सीमित हुन नितान्त जरुरी छ ।
धर्म निरपेक्षको नाममा इतिहासलाई पुरेर वर्तमान सजाउन खोजियो र कोसिस गरियो भने यसको दर्द र पीडा जनतालाई भन्दा नेतालाई नै हुनेछ । यतिबेला नेताहरु मन मुटुमा जे–जे भएता पनि हामी आमनागरिकका मन मुटुमा धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता हो भन्ने ढंगले बुझेका छौँ । यसको व्यापार, यसको किनबेच, यसको मोलतोल, यसको हिसाब–किताब, यसको नाफा–घाटा, यसको शक्ति–भक्ति तथा यसको घातप्रतिघातका रुपमा हामी किमार्थ सोच्न र अनुमान गर्न सक्दैनौँ । हाम्रो वैदीक हिन्दू सनातन धर्म विश्वव्यापी छ र यसको मुल्य र आदर्श पनि अपरम्पार छ । यसको व्याख्या गरेर पनि सकिदैन र यसको विश्लेषण गरेर पनि सकिदैन । हिन्दूधर्म सँगसँगै मौलाएको र फैलिएको बौद्ध धर्म, यसका विभूति भगवान गौतम बुद्ध हाम्रा लागि शक्तिका पुञ्ज र शक्तिका स्रोत हुन । जसका नाम, काम र दिव्य उपदेशले संसारलाई आकर्षित र मोहित गरेको छ । शान्तिका लागि बुद्ध र सनातनका लागि हिन्दू हामी नेपाल र नेपालीका लागि गौरवान्वित पहिचान र परम्परा हुन् । हाम्रो देश आफैमा धार्मिक सहिष्णुता, धार्मिक स्वतन्त्रता, भौगोलिक अखण्डतासहितको एक अभिभाज्य मुलुक हो । सबै कुरा परिवर्तनशील हुनु स्वभाविक कुरा हो । तर देशको संस्कृति, परम्परा, रितिरिवाज र पहिचान परिवर्तन गर्न खोज्नु आफैमा शोभनीय कुरा होइन ।
हामीले धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षको नाममा हाम्रो धार्मिक आस्था, विश्वास, संस्कृति र परम्पराको दुरुपयोग गरेर अन्यथाको बाटोमा लागे पनि हामी कोही कसैले केही नभनौंला र केही नगरौंला । तर हाम्रा देशमा यत्रतत्र र सर्वत्र स्थानमा निर्मित मन्दिरै मन्दिरहरुमा सजिएका र झुण्डिएका घण्टहरुको स्वरले घण्टनाद गर्दै हामीलाई खबरदार ! गर्ने छन् र आफ्नो आस्थामाथिको प्रहारलाई आफ्नै अदृश्य शक्तिले हामीलाई आत्मग्लानी, छटपटी, भूल, भ्रम र अशान्तिको भयावह वातावरणतर्फ उन्मुख गराउने छन् । हाम्रा मन्दिरै मन्दिरहरुमा सजिएका र पुजिएका देवी तथा देवताका मूर्तिहरुले आफूमाथिको अनास्था बढेको संकेत पाएमा स्वयम् मूर्तिहरु हाम्रा लागि भय र डरका त्रासदी स्वरुप र कुरुप बन्नेछन् । हाम्रो आस्था, भरोसा र विश्वास नै अदृश्य शक्तिमा हो । हाम्रा देवी–देवताका मूर्तिहरु अमुक, अमूर्त र अदृश्य भएता पनि शक्ति परिचालित छ र शक्ति केन्द्रिकृत छ भन्ने हामीमा विश्वास छ । यसैलाई आधार मानेर धर्मको रक्षा र पालना गर्ने हो । धर्मको रुप, स्वरुप, आकार, प्रकार, बनौट, स्वर, वाणी, दृश्य, खोजेर यसको शक्ति मापन गर्ने हो र यसको सत्यता तौल्ने हो भने त्यो नै हाम्रा लागि ठूलो अभिषाप बन्नेछ । विश्वका अनेकौ मुलुक र राष्ट्रका धार्मिक नीति तथा सिद्धान्त पहिल्याउने हो भने सबै राष्ट्र र मुलुकले आ–आफ्नो मौलिक धर्मको पहिचान, पालना र संरक्षण गरिरहेका छन् । आफ्नो देशमा जुन धर्मको बाहुल्यता छ, त्यसलाई नै आफ्नो देश र राष्ट्रको पहिचानी धर्म बनाएका छन् । त्यसको सिको र त्यसैको नक्कल गरेर भए पनि हामीले हाम्रो मूल धर्म खोज्नुपर्छ । हामीले हाम्रो बाहुल्यता धर्मको पहिचानी गर्नुपर्छ र त्यसको संरक्षण, पालन, सम्वद्र्धन र मानमर्दन गर्नुपर्दछ । हामी जति हाम्रो धर्ममा विचलित छौँ त्यति कुनै देशका नागरिक किमार्थ छैनन् भन्ने कुरा बेलैमा हेक्का राख्न जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here