- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारधर्ती मात्र होइन आकाश पनि चिप्लो बन्दैछ

धर्ती मात्र होइन आकाश पनि चिप्लो बन्दैछ

- Advertisement -spot_img

आफ्नै खुट्टाले हिड्दा पनि कहिलेकाहिँ ठेस लाग्न सक्छ । आफ्नै खुट्टाले यात्रा गर्दा पनि कहिलेकाहिँ चिप्लिन सकिन्छ । आफ्नै खुट्टाले बाटो काट्दा पनि कहिले खुट्टा मर्किन र पड्किन सक्छ । आफ्नै खुट्टाले सडक धाउँदा पनि कहिलेकाहिँ लर्किन सकिन्छ । आफ्नै खुट्टाले गन्तव्य तय गर्दा पनि कहिलेकाहिँ अप्रिय घटना निम्तिन सक्छ ।
सुरक्षित, पूर्ण सुरक्षित र जोखिमविनाको यात्रा कुनै पनि हुन र रहन नसक्छ । यात्राका कुरा गर्दा र यससँग जोडिएका माध्यमका कुरा गर्दा पछिल्लो समयमा पैदल यात्राभन्दा पनि यन्त्र कृत्रिम साधनको प्रयोग गेर र आफ्नो यात्रालाई छिटोछरितो र भरपर्दो माध्यमको विकास हुँदैछ । कुनै समयको महिनौ दिनको पैदल यात्रालाई इतिहास र कथाका पानामा सीमित गर्दै घण्टा, मिनेट र सेकेण्डमा यात्रा पूरा गर्ने र यात्रा सम्पन्न गर्ने साधन बने तापनि ति सबै साधन उड्ने, गुड्ने र दगुर्ने भनेको आकाश मार्ग र धर्ती मार्ग नै हो ।
धर्तीमा सम्बन्धित सडक मार्ग, जलमार्ग र रज्जु (रोप) मार्ग हो भने आकाशसँग सम्बन्धित हवाई मार्ग नै हो । धर्ती विगतदेखि नै जोखिमपूर्ण मार्ग नभएको भने होइन । आफ्नो नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि सडक मार्ग दिनहुँ चुनौतिको विषय बन्दै आइरहेको छ । भौगोलिक दृष्टिकोणले भनौं या सठकको स्तर र उन्नतिको अभावमा भनौं यहाँ गर्मीकोसमयमा धुलाम्य, बर्षाको समयमा हिलाम्य र हिउँदको समयमा कुहीराम्यले छोडेको छैन ।
सडक साँघुरो भएर होस् वा सडकमाथिको भिर खसेर होस् वा सडक नै भाँसिएर होस् वा सडक चिप्लिएर होस् वा ट्राफिक जामका कारणले होस् । समय–समयमा साना र ठूला सवारी साधन दुर्घटना हुँदा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त विद्वान् तथा राजनीतिक व्यक्तिहरुलाई मात्र हामीले गुमाएका छौ । तीर्थ, ब्रत, दान, धर्म, विद्या साधना तथा देशको धार्मिक, ऐतिहासिक, साँस्कृतिक जस्ता भ्रमण र अवलोकन गर्न गएको समस्त मानव प्राणीहरु कुनै न कुनै बेला आफ्नो अभिष्ट पूरा गर्ने क्रममा चिहानमा परिणत भएका छन् र हामीले त्यस्ता सच्चा व्यक्ति र शक्तिलाई गुमाउँदै आएका छौं ।
कुनै पनि घटना, परिघटना तथा दुर्घटना आफैले अवश्यमेव चाहेर र जानेर हुने कुरा होइन । यी सबै अप्रिय घटनाहरु आकस्मिक रुपमा हुन्छन् र हामीलाई शोकमा डुबाउने गर्छन् । सडकसँग सम्बन्धित जलमार्ग, डोरी मार्ग तथा राजमार्गमा निम्तिने घटना वा यी मार्गलाई चिप्लो बनाउने तत्व तथा माध्यम अनेकौं हुन सक्छन् । हामीमा पनि कैयौं त्रुटी तथा कमजोरीहरु छन् ।
हामी स्वयम् यात्रुहरु बन्दासमेत अत्यन्त सचेत र सजग बन्दैनौं । किनभने हामीलाई जति सक्यो छिटो र चाँडो सोव चाहिएको छ र हामीलाई गन्तव्य स्थलमा पुग्न र पु¥याउन सधैं हतार छ । सडक साँघुरो, सडक कच्ची, साधन क्षमता भन्दा माथिको भार, मौसम, सबै कुरा हाम्रा दृश्य अगाडि छलङ्ग हुन्छ । तथापि हामीलाई यात्र गर्ने मोह टुटेको हुँदैन । हामी अहिले नगएपछि जाउँला भन्दैनौ । हामी आज नगए भोलि जाउँला भन्दैनौ । हामी बिहान नगए साँझ जाउँला भन्दैनौ । जसरी पनि गाडिभित्र प्रवेश गर्छौ र यात्रा गर्न तत्पर हुन्छौं । यहाँ कारण आज सडकमा गुड्ने कैयौं संख्यामा गाडि पुगिसके । जति गाडी आए पनि यात्रुको कमी छैन । यहाँ न त गाडी खाली छन् न त सडक नै खाली । जति गाडी थपिदै छन् त्यति यात्रुहरु बढ्दै छन् ।
सडकमा पैदल हिड्नेको दृश्य नै लोप हुन थालिसक्योे । यसरी मानिसहरु दिनहुँ सवारी साधनको प्रयोग गर्दा सोंचनीय विषय भने पक्कै बनिसकेको छ । हामीले विगतमा वा हालसालै धुलोका कारण, मौसमका कारण वा मानवीय त्रुटीका कारण धर्तीको सडक चिप्लो बनायौं र कैयौं मानवलाई गुमायौ । हामी समय–समयमा हुने घटनाको स्तरीय छानबीन पनि गर्छौ र त्यसको निष्कर्ष पनि आउने गर्छ । अधिकांश घटनाहरु मानव त्रुटीका कारण नै भएका छन् । हामीले कहिल्यै पनि ख्याल गरेनौं कि ?
अधिकांश घटनाहरु मानव त्रुटीका कारण नै भएका छन् । हामीले कहिल्यै पनि ख्याल गरेनौं कि ? हामी आफ्नै नियन्त्रणमा रहेको खुट्टाले पैदल यात्रा गर्दासमेत त सुरक्षित हुन सक्दैन भने विभिन्न यन्त्र, संयन्त्र र विधिले निर्माण भएको यान्त्रीक साधन कसरी पूर्ण सुरक्षित होला ? यी सबै साधनमा कैयौं यन्त्र र उपकरणहरु जडान भएका छन् । कुन उपकरण कस्तो अवस्थामा काम गर्न अयोग्य हुन्छ ? भन्ने कुरा सम्बन्धित चालकले मात्र जान्ने र बुझ्ने कुरा हो ।

हामी आफ्नै नियन्त्रणमा रहेको खुट्टाले पैदल यात्रा गर्दासमेत त सुरक्षित हुन सक्दैन भने विभिन्न यन्त्र, संयन्त्र र विधिले निर्माण भएको यान्त्रीक साधन कसरी पूर्ण सुरक्षित होला ? यी सबै साधनमा कैयौं यन्त्र र उपकरणहरु जडान भएका छन् । कुन उपकरण कस्तो अवस्थामा काम गर्न अयोग्य हुन्छ ? भन्ने कुरा सम्बन्धित चालकले मात्र जान्ने र बुझ्ने कुरा हो । यात्रुले जहिले पनि यान्त्रीक साधनको प्रयोग गर्दा चालकको मनोदशा बुझ्नुपर्ने नयाँ सोंचको सिर्जना भएको छ । हामी न त स्वयम् सचेत र सजग छौँ न चालकलाई नै सचेत हुने मौका दिएका छौँ ।

आज पछिल्लो समयमा कैयौं घटना र दुर्घटनाले आफ्नो र अरुको आँसु पोखी रहेको बेला र खुशी लुटिरहेको बेला हामीले अत्यन्त छिटो छरितो, भरपर्दो र सुरक्षित मानिने आकाश मार्गसमेत पछिल्लो समयमा चिप्लो लाग्न थालेको छ । असुरक्षित लाग्न थालेको छ । र जोखिम लाग्न थालेको छ । हुन सक्छ आकाश पनि धर्ती जस्तै स्वतन्त्र र जोखिमरहित छैन ।
नेपालका अग्ला–अग्ला हिमाल तथा पहाडले पनि नेपाली आकाशलाई चिप्लो र जोखिम बनाउँदैछ । नेपाली वनपाखामा ठडिएका अग्ला–अग्ला रुख वृक्षले पनि नेपाली आकाशलाई चिप्लो र जोखिम बनाउँदैछ । समय–समयमा र आकस्मिक रुपमा परिवर्तन हुने मौसमले पनि नेपाली आकाशलाई चिप्लो र जोखिम बनाउँदैछ ।
आकाशमा उड्ने पन्छीजन्य प्राणीले पनि नेपाली आकाशलाई चिप्लो र जोखिमपूर्ण बनाउँदैछ । भीषण बर्षा, असिना तथा हिउँले पनि नेपाली आकाशलाई चिप्लो र जोखिम बनाउँदैछ । पहाडी आकाशमा मडारिने कालो बादल त कुहिरोले पनि नेपाली आकाशलाई थप चिप्लो र जोखिम बनाउँदैछ । यसरी नेपाली धर्ती जसरी सुरक्षित छैन भन्ने लाग्दथ्यो । त्यसरी नै नेपाली आकाश पनि सुरक्षित छैन कि वा हैन कि भन्ने त्रास र भय आममानवमा पर्न थालेको छ । जब देशका तथा विदेशका प्रभुत्व व्यक्तिहरुको आकाश मार्गबाट नै अवशान हुन थाल्दछ तब सबैको ढुकढुकी बढ्न थाल्दछ ।
हामी सबैले चाहेको रुचाएको र इच्छाएको आकाश मार्ग अर्थात् चरो जस्तो आकाशका उड्ने सपना सपना पूरा भएपनि बेला–बेलामा हुने यो हवाई दुर्घटना र त्यसमा पर्ने राष्ट्रियस्तरका व्यक्तिको अन्त्यले त्यो सपनालाई चकनाचुर पारिदिएको आभाष हुन थाल्दछ । हवाई मार्गमा यात्रा गर्ने व्यक्ति सामान्यतथा विशिष्ठ खालकै वा अत्यन्त आकस्मिक खालको हुनाले पनि यो यात्रा निर्विघ्न नबनोस् भन्ने सबैको चाहना र कामना हुन्छ । हवाई यात्रासमेत सडक यात्रा समान हुन थालये भने त्यसमा सबैको गम्भीर ध्यानाकर्षण हुन अत्यन्त ढिला भइसकेको छ । हाम्रो यात्रा जति छिटो बन्दैछ । त्यति जोखिम र भाग्यमा भरोशा गर्ने बन्दैछ ।
हामीले सुनेका पनि छौं र जानेको छौ कि ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे कुन्नी ?’ यसैलाई पनि आधार मान्ने हो भन्ने यात्रामा हतार गर्ने अवस्था नै आउनु हुन्न र ल्याउनु हुन्न । यदि स्थिति र परिस्थिति नै हाम्रो वशमा नरहेर वाध्य भएर हतार गर्नुपर्ने परिस्थितिको सिर्जना भयो भने पनि हरेक कुरामा सतर्कता अपनाउन जरुरी छ । किनभने मानव जीवनभन्दा ठूलो कुरो कुनै हुन सक्दैन । आफ्नो जीवन नै हत्केलामा राखेर र आफ्नो जीवननै दाउमा राखेर नगरी नहुने काम, नपुगी नहुने ठाम, के होला र कहाँ होला ?
आज हामी जीवनमा जे भन्दैछौ र जे गर्दैछौं त्यो सबै मानव जीवनका लागि भन्दैछौ र गर्दैछौं । यदि हामी भनेको कुरा हामीले गरेको काम मानव जीवनमा विपरीत छ र मानव जीवनको जोखिमपूर्ण छ भने त्यसको के अर्थ भयो र ? हामी नेपालीले भर्खरै मात्र हवाई मार्गमा उड्ने हेलिकोप्टर दुर्घटना हुँदा देशको पर्यटन मन्त्री तथा अन्य विशिष्ठ व्यक्तिसहित चालकसमेत गुमाएका छौं । यो राष्ट्र र देशबासीका लागि ठूलो धनजनको क्षति हो । हाम्रो नेपाली आकाशमा फेरी पनि कैयौं हेलिकोप्टरहरु उड्लान् ।
देशमा अर्को कुनै पर्यटन मन्त्री होला । पद पूर्ति होला, आकाश मार्ग पूर्ति होला तर जस–जसलाई गुमायौं र जे–जस्ता व्यक्ति र शक्ति गुमायौं ती सदाका लागि हामीबाट लुटिएको छ । चुडिएको छ । खोसिएको छ । लुछिएको छ । अवशान पारिएको छ । यसैले हामी पर्दाको बखत मात्र राम–राम भन्ने र अघिछि जाम–जाम भन्ने बानी र आचरण कहिलेसम्म रहिरहने हो ? मानव त्रुटी भन्नु नै यही त्रुटी हो । जब प¥यो राम ! जब परेन हराम ! यो संस्कार भनौं या संस्कृति यसलाई नमेटाउँदासम्म अब नेपाली आकाश पनि धर्ती समान हुनेमा शंका नगर्नुपर्ला ।
घटना पहिलो, दोस्रो मात्र मपनि हैन र छैन होला । पटक–पटक र हृदयविदारक घटनाले हाम्रो आँखा खुल्दैन र हाम्रो मन मस्तिष्कले हिजोको घटना भुल्दैछ भने के भन्ने ? हामीले पाठ सिक्ने के बाट ? हामीले देखेको, सुनेको, जानेको र भोगेको कुरा लागू गर्ने कहाँबाट ? हामी समेत बन्ने कहिले ? हामी सजक बन्ने कहाँ ? न त हामी स्वयम् पाठ सिक्यौं, न त अरुलाई नै पाठ सिकायौं । नेपालको इतिहासमा सडक दुघर्टना तथा हवाई दुर्घटनाबाट सिकेको पाठ कार्यान्वयन गर्ने र जान्ने भन्ने कुरा त ‘घोकायो–घोकायो पाठ सोह्र दुना आठ’ भएको छ ।
सबै कुरा भाग्य, भगवान, ईश्वर, प्रकृति तथा मौसम लगायत देशको भौगोलिक संरचनालाई दोष दिने हो भने विज्ञानको युग किन भन्ने ? भौतिकवादको युग किन भन्ने ? अन्वेषण र खोजपर्ताल युग किन भन्ने ? मानिसले केही गर्न सक्दैन ? मानिसले केही टार्न सक्दैन ? मानिसले केही कम गर्न सक्दैन ? मानिसले बनाएको यन्त्र र उपकरण मानिसले प्रयोग गर्दा मानिस नै नासिनुपर्ने ? मानिस नै मासिनु पर्ने, गुमाउनु पर्ने ? मानिस नै हराउनुपर्ने ? मानिस नै सिध्याउनुपर्ने ? कस्तो अनौठो ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here