द्वन्द्व रुपान्तरणमा जनप्रतिनिधि जिम्मेवार

मुख्य खबर समाज

घोराही, २९ साउन । द्वन्द्व रुपान्तरण गरी समुदायमा शान्ति स्थापना गर्न जनप्रतिनिधि बढी जिम्मेवार हुनुपर्ने मंगलबार घोराहीमा भएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना र नागरिक आवाज ललितपुरको सहयोगमा जनप्रतिनिधिहरुका लागि द्वन्द्व रुपान्तरण तथा शान्ति निर्माण विषयक दुईदिने तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संघीय प्रणालीमा विभिन्न खालका द्वन्द्व देखापर्नेतर्फ सचेत गराउदै द्वन्द्व रुपान्तरण गर्न जनप्रतिनिधि अझ बढि चुनौती भएको जिम्मेवार हुनुपर्ने बताए । द्वन्द्व रुपान्तरणपछिको शान्ति नै स्थायी शान्ति हुने भएको हुँदा यसको महत्व बढि भएको उनले बताए । सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण १ र २, तुलसीपुर १३, घोराही ३, ४ र १७ वडाका जनप्रतिनिधि, वडा सचिव र सरोकारवालाहरु सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *