- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरदोस्रो पाइला ...

दोस्रो पाइला …

- Advertisement -spot_img

प्रकाशकीय …
प्रदेश टुडे राष्ट्रिक दैनिक आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । पत्रकारिताको धर्म, मर्म, इथिक्सलाई आत्मासात् गर्दै समृद्धिको खोजीमा उदाएको एउटा पालुवा दोस्रो वर्षमा प्रवेश गर्दैगर्दा यो खुशी बाँड्ने अवसरले हामीलाई अत्यन्त गौरवाम्वित बनाएको छ । उत्साहित पनि त्यत्तिकै छौं । यो गौरव, उत्साहमा साथ दिनुहुने सहयोग गर्नुहुने र हाम्रो उत्साहलाई जाँगरमा परिणत गरिदिनु हुने सबैप्रति नमन छौं । यो उत्साहले हाम्रो पाइला अनवरत र अविरामसम्म लैजाने छौँ । हाम्रो उद्देश्य, लक्ष्य यथावत छ । जुन हामीले स्थापना हुँदै गर्दा प्रण गरेका थियौं त्यो प्रणलाई हामीले भुल्न सक्दैनौँ । पुनः प्रतिवद्धता जनाउँदछौ । संविधान कार्यान्वयनसँगै फेरिएको राज्य संरचनाको संस्थागत तथा परिवर्तनबाट प्राप्त अलौकिक उपलब्धिहरुको रक्षार्थ हाम्रा गतिविधिहरु यो वर्षमा पनि सञ्चालन हुनेछ । आम जनतालाई सुसूचित गर्ने मुख्य उद्देश्य बोकेर उत्तरदायित्व बहन गर्दै मोफसलमा व्यावसायिक पत्रकारिताको संस्थागत गर्न एक वर्षमा हामी थोरै भएपनि सफल भएको हाम्रो विश्वास छ ।
पत्रिका प्रकाशन गर्नु आफैमा चुनौतिपूर्ण कार्य हो । कम स्रोत साधनका बाबजुद त्यो पनि दैनिकरुपमा प्रकाशन हुनु कठिन छ । त्यसमा पनि हामीभन्दा दशकांै पूरा सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा जानु ठूलो चुनौति छ । छापा माध्यमको कान्छो सञ्चार संस्थाको रुपमा स्थापना भएको प्रदेश टुडे राष्ट्रिय दैनिक जिल्लाको पत्रकारितामा एक वर्षमै स्थापित नाम बनाउन सफल भएका छौँ । स्थानीय विषयवस्तुको प्राथामिकता र जल्दै आएको हाम्रो पत्रकारितामा केहि नयाँ आयामहरुलाई स्थापित गर्न हामी कटिवद्ध छौं । जिल्लामा पत्रकारितामा नभएका र पाठकलाई आवश्यक खुराक दिने गरी केही नयाँ अभ्यास हामीले सिर्जना गरेका छांै यसले पनि हामीलाई थप उर्जा दिएको छ । छापा माध्यममा मात्रै हैन हामी डिजिटल माध्यममा पनि आएका छौं । पाठकलाई छिनछिनमै आवश्यक पर्ने सूचनालाई हात–हातमै पुग्ने गरी www. epradeshtoday.com पनि सञ्चालनमा छ । यस्तै सहयोग रहिरहे एउटा विग मिडिया हाउस बनाउने आँट हामीमा बढिरहेको छ । निकट भविष्यमा हामीले थप सञ्चार माध्यमहरुको स्थापनाको सोंच बनाएका छौँ । तपाईहरुका सुझाव, सल्लाह हाम्रा मार्गदर्शन हुन् । यो मार्ग दर्शन हामीलाई सधैं प्राप्त भइराखोस् । पत्रिका प्रकाशनमा हरेक पलमा सँगसँगै रहेका हाम्रा शुभचिन्तक, सम्पूर्ण पाठक, विज्ञापनदाता, आम नागरिकप्रति नतमस्तक छौँ । यहाँहरुको सहयोग र योगदानको मूल्यांकन गर्नसक्ने अवस्था हामीसँग छैन । सबैलाई सम्मानका साथ सम्झिन चाहन्छौं । जसले हामीलाई निरन्तर खबरदारी गरिरहनुभएको छ । लेखकहरु जो हाम्रो पत्रिकामार्फत आज पाठकलाई वैचारिक वहसमा समेत सामेल गराईरहनुभएको छ । उहाँहरु पत्रिकाको आदर्श हो । समृद्धिको अभियानलाई सफल बनाउन, नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यम सिर्जना गर्ने र पत्रिकालाई स्थापित गर्न अहोरात्र खटिने सम्पादकीय नेतृत्व, पत्रकार साथीहरु, सबै कर्मचारीप्रति आभार प्रकट गर्दछु । सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
प्रदेश टुडे राष्ट्रिय दैनिक प्रकाशन हुँदा गरिएका सैद्धान्तिक प्रतिवद्धताहरु हाम्रा लागि मार्ग दर्शन हुन् । ति प्रतिवद्धताबाट हामी पछि हटेका छैनौं र, हट्ने पनि छैनौं । आम मानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो मिसनसँगै विधिको शासन र लोकतान्त्रिक समाज निर्माणमा हाम्रो प्रतिवद्धता हो । हाम्रो सम्पादकीय नीतिअनुरुप सीमित श्रोत र साधनको अधिकतम उपयोग गरेर आमपाठकको रुचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौं होला । हाम्रा कमिकमजोरीले गर्दा पाठकमा पुग्न गएको असरप्रति क्षमा याचना गर्दछौँ । र, आगामी दिनहरुमा यस्ता कमिकमजोरीहरु सुधार्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । आमपाठकको रुचिलाई अझै पनि हामीले समेट्ने कोसिस गरिरहेका छौं । दोश्रो वर्षको प्रवेशसँगै अझै पाठकको रुचि अनुसार परिस्कृत हुँदै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here