दोस्रो तरुण कप फुटबल हुने

खेलकुद मुख्य खबर

तुलसीपुर, १५ भदौ । दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आयोजनामा सञ्चालन गरिन लागेको जिल्लास्तरीय फुटबल प्रतियोगिता असोज १० गतेदेखि सुरु हुुनेछ ।
स्थानीयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहने आयोजक तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का सभापति सुनिलबाबु डाँगीले जानकारी दिएका छन् ।
प्रतियोगिताको उपाधी जित्ने टिमले नगद ६६ हजार ६ सय ६६, पुरस्कार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ३३ हजार ३ सय ३३, मेडल, प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्नेले नगद ११ हजार १ सय ११, मेडल प्रमाणपत्र प्राप्त गर्ने सभापति डाँगीले बताए । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधातर्फ वेष्ट प्लेयर, वेष्ट डिफेन्स, वेष्ट किप्पर र वेष्ट कोचको छनौटमा पर्नेलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
असोज १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबीच आयोजकले प्रतियोगिताको तयारीलाई तिव्र पारेको छ । तयारी स्वरुप आयोजकले प्रतियोगिताको प्रचारप्रसार, जिल्लामा स्थापित क्लवहरुसँगको समन्वय, आर्थिक व्यवस्थापन लगायतका पक्षमा तिव्रता दिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *