Sunday, March 24, 2024
Homeफिचरदोषीलाई कारवाही नभए संसद अवरुद्धः देउवा

दोषीलाई कारवाही नभए संसद अवरुद्धः देउवा

- Advertisement -spot_img

दाङ, २७ भदौ ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाइरहेको बताएका छन् । दुई तिहाइको दम्बले नै सरकाले लोकतन्त्रको धज्जी उडाउँदै गएको देउवाले आरोप लगाएका छन् । उनले बाँकेमा भएको जिल्ला सभापति आक्रमण भएको घटना लोकतन्त्रमाथिको धज्जी भएको बताए ।
दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण गर्दै सभापति देउवाले त्यस्तो बताएका हुन् । उनले बाँके घटनाका दोषीलाई कारबाही नभएसम्म सदन चल्न नदिने चेतवानीसमेत दिए । जागरण अभियानका क्रममा बाँके सभापति किरण कोईरालासहित आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको भन्दै तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कुनै पनि हालतमा दोषीलाई कारबाही हुनुपर्ने बताए । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने अधिकार भएको भन्दै उक्त घटनाको निन्दा गरे । शान्तिपूर्ण कार्यक्रममा भएको आक्रमणले लोकतन्त्रको धज्जी उडाएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here