- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरदैनिक १५ लाख लिटर पानी अपुग

दैनिक १५ लाख लिटर पानी अपुग

- Advertisement -spot_img

तुलसीपुर, ४ बैशाख । गर्मी मौसम शुरु भएसँगै तुलसीपुरमा खानेपानीको अभाव बढ्दै गएको छ । गर्मीमा मुहान सुक्दै जाने र माग धेरै हुने हुँदा गर्मी समय (आज–भोलि) मा तुलसीपुरमा दैनिक १५ लाख लिटर पानी अपुग हुने गरेको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीका अनुसार उपमहानगरपालिकाको बजारसहित नौ वडामा गर्मी समयमा दैनिक ४८ लाख लिटर पानी माग हुने गरेको छ, तर खानपानी संस्थाले भने दैनिक ३३ लाख लिटर पानी आपूर्ति गर्ने गरेको छ ।
अन्य समयको तुलनामा बैशाख–जेठको गर्मी समयमा दैनिक करिब १५ लाख लिटर पानी अपुग हुने गरेको अध्यक्ष वलीले बताए । ‘हामीसँग ३३ लाख लिटर अट्ने पानीको ट्याङ्की छ तर गर्मी समयमा ४८ लाख लिटर पानीको माग हुने गरेको छ’ उनले भने, ‘अहिलेसम्म साँझ–बिहान गरी दुई समयमा पानी धारामा आउने गरेको छ, अब विस्तारै एक समयमा आउने पनि हुन सक्छ ।’
तर गर्मी मौसम बढेपछि धारामा पानी कमि आउने गरेको तुलसीपुर उपमहानगरपालिका–१० लिला न्यौपानेले बताईन् । ‘धारामा पानी एक समयमा मात्रै आउने गरेको छ, माग अनुसारको आपूर्ति हुन सकिरहेको छैन्’ उनले भनिन् ‘बैशाखमै पानीको हाहाकार हुन थालिसक्यो, जेठको महिना त अझै छ ।’

‘बबईको पानी लिफ्ट गरेर ल्याउन सकिए दैनिक एक करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्न सकिन्छ ।

संस्थाले तुलसीपुरमा उपमहानगरपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १० र १२ नम्बर वडामा पानी वितरण गर्र्दै आएको अध्यक्ष वलीले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिका भित्रमा संस्थाका सामुदायिक १ सय ७३ र ५ हजार ८ सय निजी धारा रहेका छन् ।
बढ्दै गएको गर्मीका कारण पानीको माग बढ्दै गएको त्यसैमा झन् मुहान भने सुक्दै जान थालेकोे अध्यक्ष वलीले बताए । ‘गर्मी समयमा खानेपानीको साथै नुहाउन पनि धेरै प्रयोग हुन्छ, त्यसैकारण पानीको अत्याधिक माग हुने गरेको छ’
उनले भने, ‘एक त स्रोत नै कमि छ, अर्को कुरा हामीसँग पनि सञ्चित गर्न ट्याङ्कीहरु पनि सानो भएका कारण अब यसको समस्या समाधानका लागि हामीले प्रक्रिया अघि बढाईसकेका छौँ ।’
संस्थाले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बबईबाट लिफ्टिङ गरेर पानी ल्याउनेसमेत जनाएको छ । बबईको पानी ल्याउनका लागि डिपिआर तयार गर्ने काम भईरहेको अध्यक्ष वलीले जानकारी दिए ।
‘बबईको पानी लिफ्ट गरेर ल्याउन सकिए दैनिक एक करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्न सकिन्छ, बढ्दै गएको जनसंख्यालाई पानीको सहज व्यवस्थापन गर्न संस्थाले बबईको पानी तुलसीपुरमा ल्याउने योजना बनाएको हो’ उनले भने ‘अहिलेसम्मको अवस्थामा हामीले ट्याङ्करबाट भए पनि पानीको सहज व्यवस्थापन मिलाएका छौँ ।
सातसय नयाँ धारा जडान गर्ने
यसैबीच संस्थाले चालु वर्षमा मात्रै ६ सय ७५ नयाँ धारा जडान गर्ने जनाएको छ । नयाँ धाराका लागि संस्थाले २ हजार पाँच सय माग गरेकोमा यसवर्ष ६ सय ७५ नयाँ धारा जडान गर्ने भएको हो ।
संस्थाले नयाँ धारालाई विस्तार गर्दै माग गरिएका सबै ठाउँमा धारा जडान गर्ने अध्यक्ष वलीले बताए । ‘पानीको स्रोतको कमी र आवश्यकता बृद्धि भएकाले पनि केही ठाउँमा पानी पु¥याउन समस्या भएको छ, तर हाहाकार नै भएको छैन्, कहिकतै सामान्य समस्या होला तर हामीकहाँ समस्या छ भनेर गुनासो आएको छैन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here