- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरदैनिक दुई उडान भर्ने तयारी

दैनिक दुई उडान भर्ने तयारी

- Advertisement -spot_img

तुलसीपुर, २१ साउन । अनियिमित उडान भइरहेको दाङ एयरपोर्टमा अब दाङ–काठमाडौँ दैनिक दुई उडान हुने भएको छ । सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले दाङमा नियमित गर्दै दैनिक दुई उडान भर्न लागेको हो ।
त्यसका लागि विशेष विमानको समेत व्यवस्थापन गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उपमहानगर र एयरलाइन्सबीच दैनिक दुई उडान भर्ने सहमति भएको नगरप्रमुख पाण्डेले बताए । दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले यात्रुको चाप बढेकाले अहिले दैनिक उडानमा थप गर्न लागेको एयरलाइन्सका रिना राईले बताइन् ।
नेपाल एयरलायन्सका प्रवक्ता गणेश बहादुर चन्दले दाङका उडान भर्ने तयारी र योजना भएको बताए । हामीले थप उडानको कार्यक्रममा राखेका छौँ, उनले भने, यात्रुको चाप बढेका कारण तालिका पनि थप हुँदैछ ।
अहिले सेडुल र पाइलट तयार नभएकाले दिन तोक्न सकिदैन । पाइलटहरु अहिले पनि ट्रेनिङमा छन, त्यो सकियो भने उडान थप हुन्छ । तर अहिले नै आजै भन्ने छैन ।
गएको असोज १९ गतेबाट नेपाल एयरलाईन्सको १८ सिटे जहाजले दाङ–काठमाडौँ हवाईसेवा दिइरहेको छ । काडमाडौँ दाङको लागि ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौँको लागि ५ हजार ८ सय ८० रुपैयाँ भाडा तोकिएको छ ।
दाङमा नियमित हवाईसेवा सञ्चालन भएदेखि जिल्लाबासीहरु हवाईसेवा लिन अन्न्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ । विमानस्थलमा इन्धनको समस्या देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टरिगाउँमा अस्थायी इन्धन डिपो स्थापना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here