- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरदेउवा दाङ आउँदै

देउवा दाङ आउँदै

- Advertisement -spot_img

देउखुरी, २१ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भदौ २३ गते दाङ आउँदै छन् । वर्तमान परिस्थतिमा काँग्रेसको भूमिकालाई जनस्तरमा पु¥याउन तथा स्थानीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न सभापति देउवा भदौ २३ गते शनिबार दाङको देउखुरीमा आउन लागेका हुन् । देउखुरीको लमहीमा आयोजना गरिने वृहत् सभालाई पार्टी सभापती देउवाले सम्बोधन गर्ने नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिए । पार्टी सभापति देउवासँगै महामन्त्री शशांक कोइरालालगायत केन्द्रीय नेताहरु कार्यक्रममा सहभागी हुने बताइएको छ । शनिबार हुने कार्यक्रममा सहभागी हुन सबै नेता कार्यकर्तालाई क्षेत्रीय सभापती पाण्डेले आग्रह गरेका छन् । भदौ २३ गते लमहीमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गरि सकेपछि देउवा २४ गते बर्दियामा हुने कार्यक्रममा जानेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here