दृष्टी

फिचर साहित्य

दिपा धिताल

एकाएक विगतका जिन्दगीका चिन्हहरू सम्झदै गईँ ऊ । ऊ ! अर्थात् कमली । कुनै उपन्यासका पानाहरू झै पल्टाउदै गईँ । अहँ ! कुनै पानामै भेटाइन उसले उत्साहका हरफहरु । कथा, कविताको शीर्षकजस्तै थिएन जिन्दगी । खाली रित्तो मात्र ।
अन्योलै अन्योलको जिन्दगी सानोमा ‘क’ लेख्न नजानेर केरकार पारी छोडेको जस्तो । जिन्दगीमा केही गर्न सकिएन । उफ ! कसैले कुनै दिन सम्झन लायक पनि भइन् म । कसैको आँखाको नानी बन्न पनि सकिँन सधैं झार मात्र ! जिन्दगीको ठक्करले पारेका ठेलाहरू बाहेक केही रहेनछन् र उक्त खाली हातहरू अहिले जमीनको धूलोमा आवाद बनेको छ ।
उसले फेरि सम्झी । ओहो ! जीवनमा मान्छे बन्न कहिल्यै सकिएन । किन सकिन म मान्छे बनेर हिड्न कमली ? आफैले आफैलाई प्रश्न गरि उत्तरमा आखिर केही भेटाइन ।
– कमली आफ्नी आमा जत्तिकै सहनशील भइन् ।
– कमली दिदीजस्तै लक्षिणकी भइन् ।
– कमली भाउजूजस्तै संस्कारिक पनि भइन् ।
– कसैको कथित मर्यादालाई अंगालेर हिड्न सकिन ।
– कसैको दासतालाई महानतामा साबित गर्न सकिन ।
कसैले भनेका हरेक कुरा स्वाकारेर हिड्ने शक्ति भएन उसमा सधैं छुच्ची र विद्रोही मात्र ! आफैले आफैलाई प्रश्न गर्दै, उत्तर सोच्दै खोजी एकपटक फेरि पनि आफूले आफैलाई महामूर्खमा साबित गरिदिई ।

घरमा एउटी छोरी, बुहारी होस् या छोरा होस् केही काम बिग्रियो भने छोरी, बुहारीलाई अलक्षिणा भन्नेले त्यही घरको छोरालाई कहिल्यै अलक्षिणा भनिदैन । छोरा मान्छे मर्द हुन रुनु हँुदैन भन्ने यो समाजले छोरी बुहारीहरुलाई रुवाउनु हुँदैन भनेर किन कहिल्यै सोच्दैन ?

कहिलेकाहीँ बा, आमासँग पुरानो संस्कारको कुरामा झगडा पर्छ र नराम्रोसँग गाली खान्छे उसले । हुन पनि समाज अझै पनि त्यही पुरानै संस्कार र परम्परामा अडिएको छ ।
अझैसम्म पनि पुरुषवादी सोचले हिडेको यो समाजमा छोरीलाई आफ्नो इज्जत र स्वतन्त्रसँग हिड्न निकै गाह्रो । हत्केलामा मुटु समातेर हिड्नुपर्ने । ‘छोरीले घरको हरेक काम कुराहरू सिक्नुपर्छ’ प्रत्येक छोरीहरुका आमाले सोच्ने र भन्ने पहिलो ‘वाक्य’ यही हो ।
कमली ले पनि मान्छे यी हरेक कुराहरू सिक्नु पनि छोरीहरुको एउटा साहसीपन हो । त्यो साहस छ छोरी, महिलाहरुमा । तर त्यही घरमा एउटी छोरी, बुहारी होस् या छोरा होस् केही काम बिग्रियो भने छोरी,
बुहारीलाई अलक्षिणा भन्नेले त्यही घरको छोरालाई कहिल्यै अलक्षिणा भनिदैन । छोरा मान्छे मर्द हुन रुनु हँुदैन भन्ने यो समाजले छोरी बुहारीहरुलाई रुवाउनु हुँदैन भनेर किन कहिल्यै सोच्दैन ?

१६÷१७ वर्षको उमेरमा छोरीलाई बिहे गरेर पठाउदा वा छोरी आफैले बिहे गरेर जाँदा खुशी हुने बा आमा र समाज २६÷२७ बर्ष नाघी भने बिहे गरेकी छैन भने छोरी ठूली भई भनेर समाजमा एकमाथि अर्को चर्चा । समाजले उसको अस्तित्व माथि चियोचर्चो गर्न समेत भ्याउँछ । समाजले उसको आत्मसम्मानमा शासन चलाउन थाल्छ ।
समय बदलियो अनि यसबीचमा धेरै थोकहरू बदलिए तर हरेक घरदेखि, बाटो, कार्यालय, राजनीतिसम्म छोरी महिलाहरुलाई हेर्ने आँखा र साेंच्ने मानसिकता कहिल्यै बदलिएन मेरो समाजमा । चाहे त्यो महिलाहरुको होस् चाहे पुरुषहरुको होस् ।
जसले जे सुकै भनोस् त्यसको कुनै प्रवाह छैन कमलीलाई । गर्नु पनि हुँदैन भन्ने मानसिकता बोकेर हिड्छे कमली । चाहे आफ्नो होस् चाहे अर्काको अन्यायमा विद्रोह नै गर्ने हो र न्यायलाई साथ दिने हो । आफ्नो स्वाभिमान र इज्जतलाई मुठ्ठीमा कसेर हिड्ने हो । के गर्नु कहिलेकाहिँ आफै कानून आफै अदालत बन्नुपर्छ भन्छे कमली ।

समय बदलियो अनि यसबीचमा धेरै थोकहरू बदलिए तर हरेक घरदेखि, बाटो, कार्यालय, राजनीतिसम्म छोरी महिलाहरुलाई हेर्ने आँखा र साेंच्ने मानसिकता कहिल्यै बदलिएन मेरो समाजमा । चाहे त्यो महिलाहरुको होस् चाहे पुरुषहरुको होस् ।

थाहा छ मलाई पनि कमली एक आत्माविश्वास बोकेर हिड्ने कमली हो ऊ । उसलाई कसले के भन्यो ? भनेर सुन्दै र चियाउँदै हिड्ने फुर्सद छैन । मात्र उसलाई थाहा छ कि म मेरो अस्तित्व मुठ्ठीमा कसेर कसरी हिड्ने ? र फुर्सदको समयमा महिला न्याय र स्वतन्त्रताको विरुद्ध आवाज उठाउन । एकदिन कमलीको डायरी पल्टाएर हेरे मैले । हेर्दै जाँदा केही शब्दहरूमा मेरा आँखा टक्क अडिए ।
लेखेकी थिइ …
आज फलानोको छोरीको बिहे भयो फलानोको छोराको बिहे भयो । कति ल्यायो दाइजो ? छोराका बा आमा दाजुभाइ, दिदीबहिनीलाई के–के आएको छ ? सम्पत्ति के–के दिएका छन् ? के गर्दो रहेछ ? घर परिवार कति हुने खाने रहेछन् ?
– दाइजो त कति हो कति घरमै नअटाउने छ ।
– गाउँमा पनि घर रहेछ जग्गा जमिन सम्पत्ति रहेछ ।
– सहरमा पनि ठूलै घर रहेछ ।
– धेरै पढे लेखेको रहेछ ।
– जापान, अस्ट्रेलिया, कोरिया, अमेरिका जाँदो रहेछ ।
– सरकारी जागिर पनि खाँदो रहेछ ।
आहा ! फलानोको छोरी त कति भाग्यमानी ? उसलाई गहना कपडा कति दिएछन् ?
– गहना त छपक्कै छन् ।
– कपडा त झन् कति हो कति ।
– साह्रै भाग्यमानी लक्षण कि रहिछ ।
जतिसुकै शिक्षित भए पनि यस्तै दाइजोको लोभ, मोह, घमण्डका कारण यहाँ गहिरोभन्दा गहिरो भनिने प्रेमका सम्बन्धहरू पनि निजी स्वार्थ, सुख र सम्पत्तिका लागि दिनप्रतिदिन तोडिँदै छन् । अझ भन्ने हो भने कति दिदीबहिनीहरुले यही दाइजोका कारण ज्यान गुमाउनु परेको छ, जिउँदै अग्नीकुण्डमा होमिनु परेको छ ।

मान्छेका सपना र संसारहरू ! निदाइरहन्छ मान्छे, देखिरहन्छ सपनाहरू अनि बिहान् उठ्छ सपना एकातिर दौडन्छ्न् मान्छे अर्कोतिर दौडन्छ । कमलीको जस्तै, आँट र साहस सबै महिलाहरूमा भैदिए, सोच्ने मष्तिस्क हेर्ने दृष्टि एउटै भैदिए । डरको घुम्टो फालेर बाहिर निस्किन सके सायद अन्यायमा पर्नुपर्ने थिएन होला ।

वास्तवमा हाम्रो समाजमा नारीहरुलाई आफ्नो अस्तित्व र स्वतन्त्रताको तराजुमा तौलनेभन्दा सुन र सम्पत्तिको तराजुमा तौलने समाज र घरपरिवारको कमि अझै पनि छैन । जति शिक्षित बुझ्ने भएपनि मनले नआइज मुखले आइज भन्ने दाइजोको कुसोंच राख्नेहरुको पनि कमि कहाँ छ र यहाँ ?
कमलीको डायरीमा यस्ता शब्दहरू भेटाउँदा मेरो मन पनि कता–कता बिथोलिएको जस्तो भयो । ओहो !मान्छेका सपना र संसारहरू ! निदाइरहन्छ मान्छे, देखिरहन्छ सपनाहरू अनि बिहान् उठ्छ सपना एकातिर दौडन्छ्न् मान्छे अर्कोतिर दौडन्छ ।
कमलीको जस्तै, आँट र साहस सबै महिलाहरूमा भैदिए, सोच्ने मष्तिस्क हेर्ने दृष्टि एउटै भैदिए । डरको घुम्टो फालेर बाहिर निस्किन सके सायद अन्यायमा पर्नुपर्ने थिएन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *