दृष्टि

साहित्य

मनोज दृश्यम्

म मा तिमीले के देख्यौ र त्यस्तो, जो कसैले देखेन
मेरो बेरङ्गी जिवनमा के लेख्न आयौ, जो भावीले लेखेन
मेरा अङ्ग अङ्ग मूल्यहीन, मेरो कन कन मूल्यहीन
मेरा सपनाहरु मूल्यहीन, मेरो वास्तविकता मूल्यहीन
म मा अमूल्य के देख्यौ र त्यस्तो, जो कसैले देखेन
मेरो सत्यता के छेक्न आयौ, जो समाजले छेकेन
मेरा भावनाहरु दुर्गन्धित, मेरा चाहनाहरु दुर्गन्धित
मेरो धड्कनभित्र बहने, यो प्राण दुर्गन्धित
म मा सुगन्ध के देख्यौर त्यस्तो, जो कसैले देखेन
म मा छैन त्यस्तो केही, जो कसैलाई मेहेकिएन
मेरा चोटहरु म भित्रै, मेरा खोटहरु म भित्रै
मेरो आत्मविश्वास म भित्रै, मेरो अठोटहरु म भित्रै
म मा रोदन के देख्यौर त्यस्तो, जो कसैले देखेन
तिमीलाई किन दर्द भयो, जो कसैलाई दुखेन
मेरा वाक्यहरू लाचार, मेरो मष्तिष्क लाचार
मेरो मनुष्य जुनि ले’को, यो आत्मा पनि लाचार
म मा उमङ्ग के देख्यौर त्यस्तो, जो कसैले देखेन
मेरो दुर्गती किन व्यहोयौं, जो दैवले व्यहोरेन
तुलसीपुर–१२ रझेना, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *