- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरदूरविन विधिबाट हर्नियाको अप्रेसन

दूरविन विधिबाट हर्नियाको अप्रेसन

- Advertisement -spot_img

घोराही, २६ फागुन । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिमा दुरविन विधिबाट पहिलो पटक हर्नियाको अप्रेसन गरिएको छ । दुरविन विधिबाट अप्रेसन भएसँगै अब शरीर चिरेर अपरेसन गर्नुपर्ने अवस्थाको अन्त्य भएको उपचारमा संलग्न डा. रमेश बस्नेतले बताए ।
घोराही उपमहानगरपालिका–७ सौँडियारका १८ वर्षीय श्रवण नेपालीको हर्नियाको अप्रेसन भएको अस्पतालले जनाएको छ । अप्रेसनपछि आराम गरिरहेका नेपालीले ११÷१२ वर्षदेखिको समस्याबाट आफू मुक्त भएकोमा खुशी व्यक्त गरे । सर्जन डा. रमेश बस्नेतको नेतृत्वमा खटिएको एनेस्थेसिया डा. सुरेन्द्र कँवर, एनेस्थेसिया सहयोगी नारायणप्रसाद शर्मा र नर्सहरु रोजी भण्डारी, विनिता चौधरी, बेलमती घर्ती, पदमा भण्डारी, पूर्णिमा गाहा, लीला पुनमगरको चिकित्सकको टोलीले हर्नियाको अपरेसन सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
हर्नियाको अप्रेसन चिरेर पहिलेदेखि नै हँुदै आए पनि दुरविन विधिबाट चितवनभन्दा पश्चिम दाङमा यो नै पहिलो भएको अस्पतालको दाबी छ । हर्नियाका कारण मांसपेसीमा भएको प्वालबाट बाहिर आएको बोसो तथा आन्द्रालाई शरीरभित्रै तानेर मेसिनकै सहायताले प्वाल भएको ठाउँमा जाली राखेर फिक्स गरी उपचार गर्ने गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here