दुव्र्यसनी न्यूनीकण सम्बन्धी सचेतना

फिचर मुख्य खबर समाज

तुलसीपुर, ८ जेठ ।
लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धी सचेतनामूलक अभियान तुलसीपुरमा गरिएको छ । समृद्ध नेपाल निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ जेठ ८ गतेदेखि सुरु भएको अभियान असारको ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
तुलसीपुर उपमहानगरको आयोजना तथा विभिन्न संघसंस्थाहरुको समन्वय र संयोजनमा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्नका लागि सबैजना लाग्नुपर्ने बताए । लागूपदार्थ दुव्र्यसनी कम गर्न सकारात्मक सोंच, ताजा वा स्वस्थ आहार र असल व्यवहार हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महिला रक्षक सञ्जाल दाङका संयोजक सुष्मा गिरीले एक्लैको प्रयासभन्दा पनि संयुक्तको प्रयासले लागूपदार्थ दुव्र्यसनी कम गर्न सकिने बताइन् । लागूऔषध दुव्र्यसनीले गर्दा हिंसाका घटनाहरु बढी हुने गरेको बताए ।

दुव्र्यसनीमा लागेको एउटा व्यक्ति असल बन्नु भनेको समाज, गाउँ हुँदै एउटा देश समृद्ध हुने बताइन् । तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले लागूपदार्थ दुव्र्यसनी एक सह्रानीय काम भएकोे बताए । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशिल बस्नेतले तुलसीपुर उप–महानगरपालिकाले लागूपदार्थ दुव्र्यसनी कार्यक्रम आयोजना गरेकोले खुसी व्यक्त गरे ।
लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धी सचेतनामूलक अभियान जेठ ८ देखि असार ६ गतेसम्म तुलसीपुर उपमहानगरका १९ वटै वडाहरुमा सञ्चालन हुने भएको छ । सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीको स्वागत र सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवस आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *