- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरदुव्र्यसनी कम गर्न बालबालिकालाई शिक्षा

दुव्र्यसनी कम गर्न बालबालिकालाई शिक्षा

- Advertisement -spot_img

घोराही, ३ भदौ । लागूऔषध दुव्र्यसनी मुक्त समाज निर्माणका लागि घरबाटै शुरुवात गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । लागूऔषध दुव्र्यसनमुक्त अभियानका लागि घोराहीमा भएको कार्यक्रमका सहभागीले घरपरिवारलाई दुव्र्यसनमुक्त बनाउन सकेमात्रै लागु औषध दुव्र्यसनी न्यूनिकरण सकिनेमा जोड दिएका हुन् । समाज कल्याण केन्द्र नेपाल दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा घोराहीमा भएको कार्यक्रममा बोल्ने सहभागीले लागूऔषध दुव्र्यसनी न्यूनिकरणका लागि बालबालिकालाई निगरानी बढाउनुपर्नेमा बताए । पछिल्लो समय लागूऔषध दुव्र्यसनकर्ता दिनप्रतिदिन बढ्दै गईरहेको भन्दै यसको न्यूनिकरणका लागि सबैको प्रयास अनिवार्य भएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरि शर्माले बुवाआमाको सही निगरानीले मात्रै बालबालिकालाई दुव्र्यसनमुक्त बनाउन सकिने बताए । लागूऔषध दुव्र्यसनीमा अधिकांश १८ वर्ष भन्दा कम उमेरका रहेको भन्दै उनले दुव्र्यसनमुक्त समाजको लागि घरबाटै आवश्यक रहेको बताए । कार्यक्रममा नार्कोनन नेपाल प्रदेश नम्बर ५ का संयोजक बसन्त पुनले लागूऔषधको प्रयोगले व्यक्ति समाज र राष्ट्रलाई क्षति पु¥याइरहेको बताए । लागूऔषधको प्रयोगबाट हुने क्षति र रोक्न सकिने प्रयासको बारेमा प्रशिक्षण दिइएको थियो । त्यस्तै वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले लागूऔषध दुव्र्यसनी न्यूनिकरणमा स्वयम् व्यक्ति सचेत हुनुपर्ने बताए । समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा एसपी कृष्णहरि शर्माको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण लागूऔषध दुव्र्यसनी न्यूनिकरणका अभियान्ता डा. लोकराज पराजुलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here