- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरदुव्र्यसनीबाट बच्न आमा शिक्षा

दुव्र्यसनीबाट बच्न आमा शिक्षा

- Advertisement -spot_img

घोराही, १७ भदौ । लागूऔषध दुव्र्यसनीबाट बालबालिकालाई बचाउन घोराहीमा आमा शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । समाज कल्याण केन्द्र नेपालको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर १५ को संयोजनमा शनिबार लागूऔषधका बिषयमा आमाहरुलाई प्रशिक्षण दिईएको छ । लागूपदार्थ दुव्र्यसनविरुद्धको अभियान, कानूनको कार्यान्वयन र सही पहिचान भन्ने नाराका साथ घोराही नगर क्षेत्रमा आमाहरुलाई लागूऔषध दुव्र्यसनका बारेमा प्रशिक्षण दिन थालिएको हो । वडा नम्बर १५ मा रहेका ३२ वटा टोल विकास संस्थामा आबद्ध महिला, बालबालिकाहरुलाई भेला गराई लागूऔषधका बारेमा प्रशिक्षण दिइएको हो । अधिकांश लागूपदार्थ सेवन गर्ने बालबालिका रहेका प्रहरीको अनुसन्धानले देखाएपछि प्रशिक्षणको अभियान आमाहरुलाई दिन थालिएको हो । प्रशिक्षक बसन्त पुनले घरपरिवारमा आमाहरुले बालबालिकाहरुलाई बुझाउन सजिलो हुने भएकाले लागूपदार्थ आमा शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ठ आतिथ्यतामा आमाहरुलाई लागूऔषधले पु¥याउने असरका बारेमा जानकारी दिइएको छ । वडा सदस्य दिलिप डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लागूपदार्थ दुव्र्यसनले समाजलाई खोक्रो बनाउँदै लगेको भन्दै नियमक निकायले यसलाई रोक्न भूमिका खेल्नुपर्ने बताएका छन् । कुलतमा फस्दा बालबालिकाको भविष्य बर्बाद भएको र घरको अवस्थासमेत बिग्रिएको प्रहरीको भनाइ छ । यसअघि समाज कल्याण केन्द्रले वडा नम्बर १४ मा पनि वडा कार्यालयको समन्वयमा वडाका आमाहरुलाई भेला गराई सचेतिकरण कार्यक्रम गरेको थियो । पछिल्लो समयमा लागूऔषध सेवनकर्ताहरु बढ्दो अवस्थामा रहेको र त्यसमा पनि बालबालिका तथा युवाहरु धेरै देखिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here