Friday, March 29, 2024
Homeमुख्य खबरदुर्घटना रोक्न सुधार योजना

दुर्घटना रोक्न सुधार योजना

- Advertisement -spot_img

घोराही, १५ बैशाख । दाङमा प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि साताव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सवारी चालकसहित नागरिकहरुमा ट्राफिक नियमको सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय दाङले ‘ठाउँको ठाउँ सुधार’ अभियान सुरु गरेको हो ।
सानो गल्तीले ठूलो क्षति निम्तिरहेको भन्दै सडक सुरक्षाका लागि अपनाउनुपर्ने होसियारीसहित नियमका बारेमा सचेतना जगाउने उद्देश्यले ‘ठाउँको ठाउँ सुधार अभियान’ सुरु गरिएको ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवरले जानकारी दिए ।
सात दिनसम्म ट्राफिक सचेतनाका कार्यक्रमहरु अन्तर्गत चालकहरुलाई प्रशिक्षण, विद्यार्थीहरुलाई प्रशिक्षण, पर्चा वितरण, स्वयम्सेवकहरुलाई सडकमा परिचालन गरेर चालक तथा यात्रुहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराई सवारी दुर्घटनामा न्यूनीकरण ल्याउने उद्देश्य रहेको उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजना तथा प्रदेश प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको समन्वयमा शनिबार घोराहीको भानुचोकमा एक कार्यक्रम गरी सचेतना जगाउने कार्यक्रमको घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले शुभारम्भ गरे ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले ट्राफिक नियमको अनिवार्य पालना, सडक सुधार, गाडीको यान्त्रिक जाँच, तिब्र गतिलाई नियन्त्रण र पैदल यात्रुहरुले पनि ट्राफिक नियमको ज्ञान राख्न आवश्यक रहेकोमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here