Tuesday, March 26, 2024
Homeमुख्य खबरदुर्घटना न्यूनीकरण गर्न सचेतना

दुर्घटना न्यूनीकरण गर्न सचेतना

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । चाडपर्वमा सवारीको चाप बढेसँगै हुनसक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियानलाई तिब्र बनाएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आइतबार अटो र टेम्पो व्यवसायीहरुको संयुक्त भेला तथा प्रशिक्षणसमेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रेमप्रसाद रेग्मीले नियम कानूनको परिधिमा रहेर सबैले आफ्नो व्यवसाय सञ्चालन गर्न सकेपनि दुर्घटना न्यूनीकरण हुन सक्ने बताए ।
छहरा यातायात प्रालिका अध्यक्ष गंगाराम वलीको अध्यक्षता तुलसीपुर उपमहानगरका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख डाँगीले अटो व्यवसायीहरुलाई कानूनी दायरमा ल्याउने बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत तीनपाङ्ग्रे साधनहरुको व्यवस्थापनका लागि कार्यदल निर्माण भएको बताए ।
‘व्यवसायीहरुले पनि व्यवसाय गर्न पाउर्नुपर्छ, तर नियम कानूनको दायरामा सबै आउनुपर्छ’ उनले भने ‘अटो व्यवसायीहरुको समस्या समाधानका लागि उपमहानगर तयार रहेको बताए ।’
त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य अम्मर नेपाली माइकलले बजार व्यवस्थापनमा आफूहरु लागेका भन्दै त्यसमा अटो व्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपाल, यातातायत व्यवस्था कार्यालयका ओविन्द्रबहादुर वली, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेलगायतले सडक तथा ट्राफिक नियम र कानून सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here