Sunday, April 21, 2024
Homeफिचरदुर्घटना निम्त्याउँदै छाडा पशुचौपाया

दुर्घटना निम्त्याउँदै छाडा पशुचौपाया

- Advertisement -spot_img

तुलसीपुर, ४ भदौ । छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै जान थालेको दाङका सरोकारवालाले बताएका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वय तथा रिपोर्टर्स क्लव दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले छाडा पशुचौपाया नै दुर्घटनाको चुनौती रहेको बताएका हुन् ।
तुलसीपुर र घोराही, लमही लगायतका बजार तथा सडकमा छाडा पशुचौपायका सवारी साधन आवागमनमा समस्या हुने गरेको भन्दै उनीहरुले तत्काल ति पशुचौपायाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्ष केशवबहादुर भण्डारीले सडक तथा बजारमा छाडा पशुचौपाया, अव्यस्थित पार्किङलगायतका कारण दुर्घटनाको जोखिम बढेको बताए ।
‘सवारीको चाप बढ्दै गएको छ, सडकको संरचना कमजोर छ, जथाभावी पार्किङ छ, जसका कारण दुर्घटनाको जोखिम बढेको छ’ उनले भने ‘दुर्घटनाको मुख्य चुनौति भनेको छाडा पशुचौपाया हो, सोमबार बेलुकामात्र तुलसीपुर नेपालगन्ज सडक खण्डमा अटोले दुईवटा गाईलाई ठक्कर दिएको थियो ।
अटोको ठक्करबाट दुईवटा गाई मरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रेमप्रसाद रेग्मीले दुर्घटना न्यूनीकरणमा सवारी चालकसँगै सडक संरचना पनि सुधार गर्नुपर्ने बताए ।
‘सडकको संरचना, छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ’ उनले भने ‘दुर्घटना न्यूनीकरणका लागि सबै निकाय गम्भीर हुन आवश्यक छ ।’
उनले ठूला सवारी साधनभन्दा साना सवारी साधन बढी दुर्घटनामा पर्ने गरेकोसमेत बताए । ‘जिल्लामा मोटरसाईकल दुर्घटना बढी हुने गरेको छ उनले भने ।
दाङमा गत आर्थिक वर्षमा १ सय ८४ वटा दुर्घटना हुँदा १ सय ४ जनाको मृत्यु भएको रेग्मीले बताए । एक वर्षको अवधिमा जिल्लामा भएका सवारी दुर्घटनामध्ये ३४ वटा बस, जीप तथा कार ३२, टेक्टर २६ वटा रहेका छन् भने २ सय ५१ वटा एक आपसमा ठोकिएको जानकारी दिए ।

दाङमा गत आर्थिक वर्षमा १ सय ८४ वटा दुर्घटना हुँदा १ सय ४ जनाको मृत्यु भएको छ भने एक वर्षको अवधिमा जिल्लामा भएका सवारी दुर्घटनामध्ये ३४ वटा बस, जीप तथा कार ३२, टेक्टर २६ वटा रहेका छन्

यस्तै सवारी दुर्घटनामध्ये १२ वटा ट्रक, १२ वटा टिप्पर र अटो ६ वटा रहेका छन् । त्यसैगरी माईक्रोवस १ वटा दुर्घटना भएको छ भने पावर टेलर लगायत हाते यन्त्रहरु ६ वटा दुर्घटना भएको प्रमुख रेग्मीले जानकारी दिए ।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लामा लामो समयसम्म पनि सडक तथा पुल निर्माणको काम पुरा नहुँदा दुर्घटना बढ्दै गएको बताए ।
सडक तथा पुल निर्माणमा ढिलाई हुनु ठेकेदारको लापरवाहीले मात्र नभई बजेट निकासा, निर्माण सामाग्रीको अभावका कारण पनि सडक तथा पुल निर्माणमा ढिलाई भएको उनको भनाई छ ।
उनले घोराही–तुलसीपुर सडक निर्माण हुने प्रक्रिया पनि अब लगत्तै शुरु हुने भएकाले अझै १÷२ वर्ष व्यवसायी तथा यात्रुले सास्ती पाउने अवस्था रहेको बताए । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले यातायात क्षेत्र पछिल्लो समय व्यवस्थित बन्दै गएपनि सन्तुष्ट हुने अवस्था नरहेको बताए ।
‘यातायात क्षेत्रमा अहिले पहिलेको जस्तो यात्रु तान्ने अवस्था अहिले छैन्, व्यवसायी पनि यात्रुमैत्री बन्दै गएका छन्, यात्रुको चाप पनि सन्तुलन अवस्थामै यातायात सञ्चालन हुने गरेको छ, उनले भने ‘यात्रुको चापका कारण दुर्घटनाको जोखिम छैन् बरु सडकको अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष विरेन्द्र शाह, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह दुर्घटना न्यूनीकरणका लागि सडकको संचरना गुणस्तरीय बनाउनुपर्ने जोड दिए ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सचिव बिमल गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here