दुर्घटनामा तीनको मृत्यु

फिचर मुख्य खबर समाज

तुलसीपुर, २२ मंसिर । दाङ र बाँकेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक नवजात शिशुसहित तीनजनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डको खैराचोकमा शुक्रबार साँझ भएको दुर्घटनामा परि घोराही उपमहानगरपालिका–८ का १९ वर्षिय रेशम वलीको मृत्यु भएको भएको छ ।
नारायणपुरको खैरा चोकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । तुलसीपुरबाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प ९३५० नम्बरको मोटसाइकल घोराही उपमहानगरपालिका–११ खैरा चोकमा रोकी राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएको हो ।
घटनामा परी मोटसाइकलमा सवार घोराही–१० का १८ वर्षिय अमृत चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मादकपदार्थ सेवन गरी मोटसाइकल तिब्रगतिमा चलाएको हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
यस्तै शनिबार बाँकेमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा एम्बुलेन्स चालकसहित एक नवाजात शिशुको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ खलुवाचिस निवासी तिलकराम खड्काका नवजात शिशुको मृत्यु भएको हो ।
दुर्घटनामा परी एम्बुलेन्स चालक सल्यानको छत्रेश्वरी गाउँपालिका– १ निवासी चित्रबहादुर सुनारको पनि मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक शिशुका बुवा तिलकराम खड्का र आमा मालती खड्का घाइते भएका छन् ।
घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीनदिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै दिए । उपचार गराएर फर्किदै गर्दा बाँकेको जिरो प्वाइन्ट नजिकै रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट गइरहेको ना ८ ज ५४३२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *