तुलसीपुर, १० चैत । दाङमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दाङको तुलसीपुरमा कार र मोटरसाईकल एकआपसमा ठोकिदा एकजनाको मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ नन्द्रागाउँमा तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअप जीपले विपरीत दिशातर्फ जाँदै गरेको बा ९७ प ५८६२ नम्बर को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँ बस्ने वर्ष १८ को गोरख चौधरीको घटनास्थलमा नै मृत्यु भएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । जीप र मोटरसाइकल नियन्त्रणमा रहेको भए पनि जीप चालक फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको शाहले बताए ।