दुर्घटनाप्रति दुःख ब्यक्त

मुख्य खबर समाज

गढवा, ८ पुस । शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङको बस दुर्घटनाबाट ठूलोे संख्यामा विद्यार्थी तथा शिक्षकहरुको निधन भएकोमा स्तब्ध भएको गढवा गाउँपालिकाले आइतबार एकदिन पालिकाभरका सरकारी तथा विद्यालयहरु बन्द गरेको छ ।
गाउँपालिकाको शिक्षा शाखाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी मृतक विद्यार्थीहरु तथा शिक्षकहरुको शोकाकुल परिवारजनमा गहिरो दुःख ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी गढवा उद्योग वाणिज्य संघले पनि घटनाप्रति दुःख ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संघका अध्यक्ष रविलाल आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०७५ पुस ६ को दुखद् दुर्घटनाप्रति स्तब्ध रहदै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरिएको छ ।
त्यस्तै गढवा स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवा, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवा, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा), राष्ट्रिय जनमोर्चा गढवा, क्रेयटिभ पोसिविलीटीज नेपाल, होटल ब्यवसायी संघ गढवालगायतका संघसंस्थाहरुले पनि घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गढवा गाउँपालिकामा रहेका निजी तथा सरकारी सबै विद्यालयहरुले घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै आइतबार विद्यालय बन्द गर्ने भएका छन् ।
यसैबीच दाङको तुलसीपुर–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको दुर्घटनाप्रति राप्ती गाउँपालिका गाउँ कार्यपालिकाले दुःख ब्यक्त गरेको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाले आइतबार एक शोक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा दुर्घटनामा शिक्षक र विद्यार्थीहरुको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

शोकमा सल्यानका विद्यालय बन्द

यसैबीच दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना मृत्यु भएकाहरुको शोकमा आइतबार सल्यानमा विद्यालय बन्द गरिएको छ । सल्यान कपुरकोट गाउँपालिकाकाले आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण विद्यालय आइतबार शोक मनाउन बन्द गरेको हो ।
गाउँपालिकाभित्र रहेका २४ वटा सामुदायिक र तीनवटा संस्थागत गरी २७ विद्यालय दुर्घटनामा मृत्यु भएका विद्यार्थी र शिक्षकको मृत्युको शोकमा बन्द गरिएका हुन् । दाङ घटनाप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी शोकसभा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारी दिए । गाउँ शिक्षा समितिको बैठकले आइतबार शोक मनाउन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *