दुब्र्यसनी रोक्न सबै जिम्मेवार

मुख्य खबर समाज

तुलसीपुर, १२ असार । लागूऔषध दुब्र्यसनी रोकथाम गर्न यहाँका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा लागूऔषध प्रयोग न्यूनीकरणका लागि सरोकारवाला सजह हुनुपर्ने सहभागीहरुले बताएका छन् । उनीहरुले आफ्नो क्षेत्रबाट जिम्मेवार भए रोकथाम सजिलै गर्न सकिने हुँदा सबै जिम्मेवार हुनुपर्ने बताए ।
औषधीको गलत प्रयोग र व्यवसायाले लागूऔषध रोकथाममा समस्या भएको भन्दै यसको समाधानका लागि र रोकथामका लागि सबै एक हुन सक्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङको सहकार्यमा कार्यक्रम भएको हो ।
तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, महाशाखा प्रमुख डा गोकर्ण दहाल, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर शाही, ईलाका प्रशासन कार्यालयका यादव सुवेदीलगायतले धारणा राखेका थिए ।
कार्यक्रममा औषधी व्यवसायी, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा औषधीको अवस्था, प्रयोग, भण्डारण, गुणस्तर र ऐन नियमको वारेमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *