- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरदुईसय महिला उद्यमीतर्फ

दुईसय महिला उद्यमीतर्फ

- Advertisement -spot_img

तुलसीपुर, १० जेठ ।
तुलसीपुर क्षेत्रभित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिइएको छ । सिपमूलक तालिममार्फत उपमहानगरपालिका वडा नम्वर ५ का दुई सयजना महिलाहरु उद्यमी बनेका छन् । वडा नम्बर ५ को आयोजनामा वडाभित्रका दुई सय महिलाहरुलाई बुटीक, स्क्रिन प्रिन्ट तथा छापाखाना, कटाई, सिलाई, कम्युटर, लाछा डोरी बनाउने सीप सिकाइएको वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए ।

उत्पादनशील कार्यमा महिलाहरुलाई सहभागी गराउने उद्देश्यका साथ वडा नम्वर ५ ले विभिन्न पाँच प्रकारका सीप सिकाइएको उनले बताए । ‘यस तालिमबाट आयआर्जन गर्न सीपले मद्दत गर्ने छ’ उनले भने, ‘त्यति मात्र नभई रोजगारको अवसर पनि ती महिलाहरुले प्राप्त गरेका छन् ।’ आगामी आर्थिक वर्षमा सीप सिकेका र सीपलाई उपयोग गरिरहेका महिलाहरुलाई संगठित गरि उनीहरुको उद्यमलाई आर्थिक सहयोग गर्ने योजना बनाइने अध्यक्ष शाहले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसीले उद्यमशील बन्नका लागि प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए । ‘राम्रो सीप सिक्ने अवसर प्राप्त गरी दक्ष जनशक्ति उत्पादन भएको छ, अब राम्रोसँग सीपलाई प्रयोग गर्नुपर्छ’ केसीले भने । बिशिष्ट अतिथि मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव एवं पत्रकार सुशील बस्नेतले सीकेको सीपलाई सृजनशील बनाउन आग्रह गरे ।

दाङको पहिचानका लागि पनि सृजनशीलताको आवश्यकता भएको उनले बताए । सो अवसरमा बुटिक तालिकका समन्वयकर्ता धु्रव आचार्य, सहभागी यशोदा पाण्डे, सीता अर्याल, चम्पा विकलगायतले महिलाहरुको आर्थिक अवस्था अब मजबुत बन्ने अपेक्षा ब्यक्त गरे । तालिममा स्वागत मन्तब्य तािलम संयोजक एवं वडा नम्वर ५ का सदस्य सुरेश श्रेष्ठ गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here